5 months ago
April 14, 2023
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि २०७९ वर्ष निकै अविश्वमरणीय, जादुमयी र यादगार रह्यो । यो वर्ष नेपाली क्रिकेटका लागि सधै सम्झनामा रहनेछ । नेपाली क्रिकेटको लागि पूनरागमनको लागि उदाहरणीय वर्षको रुपमा सधै रहनेछ । अधिकांश समय खराब प्रदर्शन, आलोचना, विवाद, निराशामा बितेपनि अन्त्यतिर लिग २ मा सानदार प्रदर्शन र यू१९ विश्वकपमा पुग्नुले सानदार रह्यो […]
भूपेन्द्र जिसी, काठमाडौं
नेपाली क्रिकेटका लागि २०७९ वर्ष निकै अविश्वमरणीय, जादुमयी र यादगार रह्यो । यो वर्ष नेपाली क्रिकेटका लागि सधै सम्झनामा रहनेछ । नेपाली क्रिकेटको लागि पूनरागमनको लागि उदाहरणीय वर्षको रुपमा सधै रहनेछ ।
अधिकांश समय खराब प्रदर्शन, आलोचना, विवाद, निराशामा बितेपनि अन्त्यतिर लिग २ मा सानदार प्रदर्शन र यू१९ विश्वकपमा पुग्नुले सानदार रह्यो । नेपालले यस वर्षको अन्त्यमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा अन्तिम १२ मध्य ११ खेलमा जित हात पार्दै अविश्वसनीय रुपमा विश्वकप छनोटमा स्थान बनाउनुको साथै आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगायो । नेपाली यू१९ टोलीले ८ वर्षपछि विश्वकपमा स्थान बनायो । ओडिआई जोगाउनु र यू१९ विश्वकपमा पुग्नु यस वर्षका सबैभन्दा ठूला सफलता हुन् ।
नेपाल टि२० लिग विवाद, स्पट फिक्सिङ प्रकरण, सन्दीप लामिछानेमाथि बलात्कारको आरोप, अमेरिका, स्कटल्यान्ड र नामिबिया भ्रमणमा खराब प्रदर्शन, प्रशिक्षक मनोज प्रभाकर र खेलाडी विवाद लगायत थुप्रै निराशाहरु रहे । समग्रमा नेपाली क्रिकेट २०७९ मा भएको सम्पूर्ण सफलता, निराशा, उतारचडाव र गतिविधिहरु यस प्रकार छन् ।
जादुमयी विश्वकप छनोट यात्रा र ओडिआई मान्यता
नेपालले फागुन २ मा नामिबियासँग आइसिसी विश्वकप लिग–२ को आफ्नो २५ औं खेल खेल्नुअघि अंक तालिकामा शीर्ष पाँचमा पर्न धेरै कठिन देखिन्थ्यो । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन नेपालले बाँकी १२ मध्य ९ खेल जित्नुपर्ने थियो । अझ शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुग्न १२ मध्य ११ खेल जित्नुपर्ने थियो । त्यो समय सोझै विश्वकप छनोट कल्पना बाहिर थियो ।
शीर्ष पाँचमा पर्दै ओडिआई जोगाउन नै धेरै कठिन देखिन्थ्यो । नेपालले यसअघि तीन वर्ष जुन किसिमको प्रदर्शन गरेको थियो त्यसलाई आधार मान्दा ओडिआई बचाउन सम्भव देखिएको थिएन । नेपाली क्रिकेटको भविष्य नै अनिश्चित थियो । तर त्यसको ठ्याक्कै एक महिनापछि नेपालले ओडिआई मान्यता मात्र जोगाएन, सोझै विश्वकप छनोटमा स्थान बनायो ।
नेपालले १२ मध्य ११ खेल जित्दै अविश्वसनीय यात्रा तय गर्यो । सानदार ब्याटिङ प्रदर्शन गर्यो । सारा नेपाली क्रिकेट समर्थकलाई खुसी प्रदान गर्यो । ब्याटिङमा सानदार प्रदर्शन गर्यो । घरेलु मैदान टियुमा ८ खेलमा ८ मा नै जित हात पार्यो । युएई भ्रमणमा ४ मध्य तीन खेल जितेको थियो । उदाहरणीय रुपमा लिग २ मा पूनरागमन गर्यो । यो पूनरामन नेपाली क्रिकेटमा सधै यादगार हुनेछ ।
मोन्टी आगमन र फर्किएको खुसी
ब्याटिङ नेपाली क्रिकेट टोलीको सधैं कमजोर पक्ष हो । तर मोन्टी माघ दोस्रो साता नेपाल आएका थिए । त्यसपछि नेपालले सानदार प्रदर्शनका साथ ओडिआई मान्यता जोगाउनुको साथै विश्वकप छनोटमा स्थान बनायो । ब्याटिङमा नेपालले सानदार प्रदर्शन गर्यो ।
फागुनमा नेपालले घरेलु मैदान टियुमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पूरा गर्यो । जुन नेपालले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा गरेको थियो । मोन्टीले आगमनसँगै टोलीमा अभियान चलाए, ‘ह्याप्पी ड्रेसिङ रुम’ र ‘वन बल ब्याटल’ ।
‘ह्याप्पी ड्रेसिङ रुम’ अर्थात् खुसीले भरिएको टिम तथा ‘वन बल ब्याटल’ अर्थात् हरेक बलको युद्ध । त्यसै अनुसार खेलाडीले पनि काम गरे । टोलीका भएका नकरात्मक पक्षलाई अन्त्य गरे । यो नै यस वर्ष नेपाली क्रिकेटको सर्वाधिक ठूलो सफलता र खुसी थियो । समग्रमा मोन्टिको आगमनसँगै नेपाली क्रिकेटमा खुसी र उत्साह फर्किन सफल भयो ।
८ वर्षपछि यू१९ विश्वकपमा
६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोविनको आधारमा नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । विश्वकपमा पुग्न निर्णायक खेलमा नेपालले घरेलु टोली युएईलाई ७ रनले हराउँदै २०१६ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो । युएईलाई जितको लागि अन्तिम १८ बलमा ११ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै नेपालको विश्वकप सपना पूरा गरेका थिए । दीपेश कँडेल हिरो बनेपछि नेपाल अविश्वसनीय रुपमा विश्वकपमा पुगेको थियो ।
नेपाल टि२० लिग विवादै विवाद
आयोजक सेभेन थ्रीका प्रमुख जतिन प्रतियोगिता बिचमै भागेर भारत लागेका थिए । विदेशी खेलाडी पैसा विनानै घर फर्किनु पर्यो । हरेक खेलमा स्पट फिक्सिङको आरोप लाग्यो । समग्रमा नेपाली क्रिकेटनै विश्व जगतमा बदनाम हुन पुग्यो । क्यान निलम्बनको खतरा समेत बढेको थियो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिए ।
सन्दीपमाथि बलात्कार आरोप
पुबुदुको निराशजनक दोस्रो कार्यकाल अन्त्य
पुबुदु दासानायके नेपाली क्रिकेटका सर्वाधिक सफल मुख्य प्रशिक्षकमा पर्दछन् । तर उनको दोस्रो कार्यकाल राम्रो रहेन । गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै गत साउनमा पदबाट राजीनामा दिएका थिए ।
विर्सनलायक अमेरिका, स्कटल्यान्ड र नामिबिया भ्रमण
नेपालले आइसिसी विश्वकप लिग २ को लागि २०७९ मा अमेरिका, स्कटल्यान्ड र नामिबिया भ्रमण गरेको थियो । जेठ असारमा अमेरिका र युएईसँग आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडआई सिरिज खेलेको थियो ।
नेपालले चार मध्य एक खेलमा जित, एक खेलमा टाई र दुई खेलमा हारेको थियो ।
साउनमा स्कटल्यान्ड भ्रमण गरेको थियो । नेपालले चार मध्य तीन खेलमा हार व्यहोर्यो । जसमा स्कटल्यान्डलाई आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक हराएको थियो । गत पुषमा नेपालले नामिबिया भ्रमणमा तीन खेलमा हार र एक खेलमा नतिजा विहीन बनेको थियो ।
अभागी महिला क्रिकेट टोली
गत असारमा एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपाल वर्षाको कारण बाहिरिएको थियो । तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो ।
वर्षाको कारण खेल रद्द भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको थियो । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । आइसिसीको नियम अनुसार नेपाल बाहिरिएको हो । नेपालले एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्डसँग खेल्ने अवसर गुमाएको थियो ।
यू१९ महिला विश्वकप छनोटमा ८ रनमा अल आउट
गत जेठमा मलेसियामा सम्पन्न आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाल खराब प्रदर्शनका साथ बाहिरिएको थियो । थाईल्यान्ड र युएईसँग पराजित हुँदै दक्षिण अफ्रिकामा पहिलो पटक भएको यू१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो । जसक्रममा नेपाल युएईसँग ८ रनमै अल आउट हुँदै लज्जास्पद हार व्यहोरेको थियो ।
यादगार प्रदर्शन र कीर्तिमान
नेपालले स्कटल्यान्डमाथि पहिलो पटक कुनैपनि संरचनामा पहिलो जित हात पार्यो । नेपालले उसकै घरेलु मैदानमा गत साउनमा ५ विकेटको ऐतिहासिक जित हात पारेको थियो । फागुनमा टियु मैदानमा नामिबियाविरुद्ध २ सय ८६ रनको लक्ष्य पूरा, त्यसै खेलमा कुशल भुर्तेलको १ सय १५ रन, स्कटल्यान्डविरुद्ध २ सय १३ रनको लक्ष्य पछ्याउँदा रोहितको अविजित ९५ रनको इनिङ, पपुवा न्युगिनीविरुद्ध सन्दीप र आसिफको साझेदारी, थाईल्यान्डविरुद्ध अश्मिना कर्माचार्यको पाँच विकेट, यू१९ विश्वकपमा निर्णायक खेलमा युएईविरुद्ध अविश्वसनीय जित, दीपेश कँडेलको ह्याट्रिक, युएईलाई ७१ रनमा अल आउट गर्दै १ सय ७७ रनको जित यादगार प्रदर्शन हुन् ।
शतक
यो वर्ष नेपाली क्रिकेट खेलाडीले सिनियर र यू१९ गरि कुल चार शतक हाने । कुशल भुर्तेले नामिबियाविरुद्ध पहिलो खेलमा १ सय १५ र आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध खेलेको १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । यू१९ विश्वकप छनोटमा कुवेतविरुद्ध १ सय ८ र देव खनालले १ सय २५ रनको शतकीय इनिङ खेलेपछि नेपाल २ सय ४३ रनले विजयी भएको थियो ।
भदौमा राष्ट्रिय प्रतियोगिता र वर्षा
गत भदौमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फ क्रिकेट प्रतियोगिता निरन्तर वर्षा र कमजोर व्यवस्थापनका कारण प्रतियोगिता निकै खल्लो बनेको थियो । प्रनवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा कुल २९ खेल हुनुपर्ने थियो । ११ खेलको नतिजा आउँदा १८ खेल वर्षा र खेल्न योग्य मैदान नहुँदा रद्द भए । समूह चरणका २५ मध्य १५ खेल टस समेत हुन नपाइ रद्द भए, एक खेल टस भएर पनि पूरा हुन सकेन । प्रतियोगिता अवधिभर जम्मा ५ खेलमा पूरा २० ओभरका खेल भए । तीन खेल ८ ओभर भन्दा कम रह्यो । टस गरेर दुई खेल रद्द भएका थिए ।
उस्तै रह्यो घरेलु क्रिकेट र संरचना
यो वर्ष घरेलु प्रतियोगितामा कुनैपनि फेरबदल भएन । प्रधानमन्त्री कप र नवौं राष्ट्रिय प्रतियोगिता घरेलु प्रतियोगिता रुपमा भए । क्यानले यो वर्ष पनि घरेलु प्रतियोगिता संख्या बढाउन सकेन । घरेलु संरचनामा पनि कुनै परिवर्तन र लगानी गर्न सकेन । एसिसी प्रिमियर कप आयोजना गर्ने भएपछि वर्षको अन्तिम समयतिर मैदानमा केहि सुधारकोा काम गरेको थियो । ग्रास रुटमा लगानी, स्कुल क्रिकेट, डे क्रिकेट, क्लब क्रिकेट यो वर्ष पनि हुन सकेन ।
September 24, 2023
एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा सानदार ब्याटिङ प्रदर्शनका साथ अष्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ […]
September 24, 2023
भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले २०७८ साउन १९ गते अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३३ बर्षकै उमेरमा सन्न्यास घोषणा गर्दा उनका समर्थकले मात्र होइन समग्र विश्व क्रिकेट जगत नै आश्चर्यमा परेको थियो । उनको सन्न्यासमा धेरैले आ–आफ्नो धारणा पनि राखेका थिए । तर पारसले सन्न्यास […]
September 24, 2023
एजेन्सी – ओपनर शुभमन गिल र श्रेयस ऐरको शतकको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनायो । भारतका श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय […]