3 years ago
April 13, 2023
एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १८ औं खेलमा पन्जाब किंग्सलाई अन्तिम ओभरमा ६ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातको जितमा शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६७ रन बनाए । पन्जाबलाई जितको लागि अन्तिम ओभरमा ७ रन चाहिँएको थियो । साम करनले पहिलो बलमा डेविड मिलरलाई एक रन दिँदा दोस्रो बलमा गिललाई बोल्ड गरे । तेस्रो बलमा राहुल टेवाटिया र चौथो बलमा डेविड मिलरले एक एक रन बटुले । पाँचौं बलमा चौकाका कासाथ टेवाटियाले खेल सकाए । डेविड मिलर १७ र राहुल टेवाटिया ५ रनमा अविजित रहे ।
ओपनर ऋद्धिमान शाह १९ बलमा ५ चौकासहित ३० रनमा आउट भए । उनी कागिसो रबाडाको बलमा म्याथ्यु शर्टबाट क्याच आउट भएका थिए । शाई सुदर्शन १९ र हार्दिक पान्ड्या ८ रनमा आउट भए । पन्जाबका साम करन, अर्शदीपसिंह हरप्रीत ब्रार र कागिसो रबाडाले समान एक विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । पन्जाबका तेस्रो नम्बरका ब्याटर म्याथ्यु शर्टले २४ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए ।

अन्य कुनैपनि खेलाडीले २५ भन्दा रन कटाउन सकेनन् । शर्ट स्पिनर राशिद खानको बलमा बोल्ड आउट भएका थिए । ओपनर प्रभसिमरन शून्य, शिखर धवन ८, भानुका राजपक्षे २०, जितेश शर्मा २५, साम करन २२ र ऋषि धवन १ रनमा आउट भए । शाहरुख खान ९ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए ।
गुजरातका मोहित शर्माले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान एक विकेट लिए ।
गुजरात ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । समान ४ खेलमा ६-६ अंक भएपनि नेटरनरेटका कारण राजस्थान रोयल्स शीर्ष र लखनऊ सुपर जायन्ट्स दोस्रो स्थानमा छन् । पन्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]