default_image

1 year ago

April 15, 2023

नेपालले अभ्यास खेलमा आज ओमानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ । खेल ५०–५० ओभरको हुनेछ । नेपालले एसिसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो । अभ्यास खेल हुँदा दुबै टोली प्रिमियर कप अघि आफ्नो उत्कृष्ट टोली टुङ्गो लगाउन […]

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ । खेल ५०–५० ओभरको हुनेछ । नेपालले एसिसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो ।

अभ्यास खेल हुँदा दुबै टोली प्रिमियर कप अघि आफ्नो उत्कृष्ट टोली टुङ्गो लगाउन खोज्नेछन् । आफ्नो उत्कृष्ट प्लेइङ–११ निर्धारण गर्ने यो अन्तिम अवसर हो । अभ्यास खेल हुँदा नेपालले टोलीमा कसलाई खेलाउछ भन्न सकिदैन ।

बन्द प्रशक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्नेछ । अभ्यास खेल हुँदा प्लेइङ ११ नभएर टोलीका जुनसुकै खेलाडीलाई खेलाउन सक्छ । यो खेलले कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन ।

अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ । उता ओमान १४ सदस्य टोलीका साथ नेपाल आइपुगेको छ ।
ओमनका अकिब इलियास टोलीमा फर्किएका छन् । तीन वर्षअघि लिग२ मा अकिबले नेपाल र अमेरिकाविरुद्ध लगातार शतक हानेका थिए । १६ महिनापछि टोलीमा फर्किएका अकिबलाई प्रिमियर कप अघि यो राम्रो अवसर हो ।

आइसिसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । नेपालले पछिल्ला १२ मध्य ११ खेल लिग २ मा जितेको थियो । घरेलु मैदानमा लिग २ मा नेपालले पछिल्ला ८ खेल नै जितेको छ ।

यस खेलमा नेपालले मध्यक्रम ब्याटिङ र तीव्र गतिका बलरलाई बढी मौका दिनेछ । तेस्रो नम्बरमा कुशल मल्ल, ज्ञानेन्द्र मल्ल र देव खनालले मध्य कसलाई खेलाउने यस खेलको नतिजापछि निर्णय लिन सहज हुनेछ । डेथ ओभरमा किशोर महतोको प्रदर्शन हेर्नेछ ।

कुशल भुर्तेल, आसिफ शेख र रोहित पौडेल नेपालका प्रमुख ब्याटर हुन् । लिग–२ मा राम्रो प्रभाव छाडेका भीम सार्कीबाट नेपाल उच्च प्रदर्शन चाहन्छ । उता जतिन्दर सिंह, अकिब र जिशान ओमानका प्रमुख प्रमुख बलर । तीव्र गतिका बलर बिलाल खान ओमान प्रमुख हतियार हुन् ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म टियु र मुलपानी मैदानमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ ।

नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ (अप्रिल २४मा) खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । उक्त खेल नेपालको ५० औं ओडिआई खेल हो ।

नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ । सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ । फाइनल वैशाख १८ गते (मे१ मा) टियुमा हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

ओमानले पहिलो खेल १९ अप्रिलमा मुलपानी मैदानमा कतारसँग खेल्दै सुरुवात गर्नेछ । नेपालसँग टियुमा खेलेपछि ओमानले अप्रिल २३ मा मुलपानीमा मलेसियासँग खेल्नेछ । २६ अप्रिलमा ओमानले टियु मैदानमा साउदी अरेवियासँग खेल्नेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।

ओमानको टोली :

जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक (विकेटकिपर), जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी (विकेटकिपर) र फैज बुट ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.