default_image

3 years ago

April 15, 2023

रौफको उत्कृष्ट बलिङसँगै पाकिस्तानको सानदार जित

187 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर हरिस रौफको उत्कृष्ट बलिङको सहयोगमा पाकिस्तानले पहिलो टि२० आई खेलमा न्युजिल्यान्डलाई ८८ रनले हराएको छ । योसँगै घरेलु टोली पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएकोछ ।

जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो । न्युजिल्यान्डका मार्क च्यापम्यानले २७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । इन्डियन प्रिमियर लिगा र केहि खेलाडी घाइते हुँदा न्युजिल्यान्डले दोस्रो रोजाईको टोली पाकिस्तान पठाएको छ ।

ओपनर तथा कप्तान टम लाथम २०, चाद वोवेस १, विल योंग २, डर्याल मिचेल ११, जेम्श निसम १५ र रचिन रविन्द्र २ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । ईमाद वासिमले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, जमान खान, फहिम अशरफ र शादब खानले समान एक विकेट लिए ।

त्यसअघि गद्धाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.५ ओभरमा १ सय ८२ रनमा अल आउट भएको थियो । पाकिस्तानका युवा ब्याटर सैम अयुबले २८ बलमा ६ चौका र २ छक्कासहित ४७ रनमा रन आउट भए । फखार जमानले ३४ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए ।

तीव्र गतिका बलर एडम मिल्नेले ओपनर मोहम्मद रिजवानलाई ८ र बाबर आजमलाई ९ रनमा आउट गरेका थिए । शादब खान ५, इफ्तिखर अहमद शून्य, इमान वासिम १६, फहिम अशरफ २२ र हरिफ रौफले ११ रन बनाए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । म्याट हेनरीले १३ औं ओभरको पाँचौं बलमा शादब खान, छैटौं बलमा इफ्तिखर अहमद र १९ औं ओभरको पहिलो बलमा शाहिन शाह अफ्रिदीलाई आउट गर्दै ह्याट्रिक लिएका थिए ।

एडम मिल्नेले ४ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । बेन लिस्टरले दुई, जेम्श नसिम र ईश सोधीले समान एक विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ । चौथो खेल बिहीबार र अन्तिम खेल सोमबार हुनेछ ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.