default_image

3 years ago

April 15, 2023

पहिलो जितको खोजीमा दिल्ली

357 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २० औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा चिन्नास्वामीमा हुनेछ । दिल्ली ४ खेलमा सबैमा पराजित हुँदै पुछारमा छ । बेंगलोर ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ आठौं स्थानमा छ।

दिल्ली पहिलो जितको खोजीमा हुनेछ । आजको खेलमा पराजित भएमा शीर्ष चारमा रहँदै प्लेअफ खेल्न दिल्लीलाई धेरै कठिन पर्नेछ । दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५०, गुजरात टाइटन्ससँग ६ विकेट, राजस्थान रोयल्ससँग ५७ र मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो ।

दिल्ली शीर्षक्रमका ब्याटरबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । ओपनर डेविड वार्नर र पृथ्वी शाले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । ब्याटिङ मजबुत बनाउन मुश्ताफिजुर रहमानको स्थानमा फिलिप साल्टलाई मौका दिनसक्छ । इंग्लिस विकेटकिपर साल्ट राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

दिल्लीको मध्यक्रम कमजोरीको रुपमा छ । मनिष पाण्डे, यश धुल र रोभम्यान पावेलले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । अक्षर पटेल फिनिसरको रुपमा खेल्नेछन् । तीव्र गतिका बलर एनरिच नोर्किया र मुकेश कुमार प्रमुख बलर हुन् । स्पिनरमा अक्षर पटेल र कुलदीप यादव रहनेछन् ।

उता बेंगलोर पछिल्लो खेलमा लखनऊविरुद्ध २ सय १२ रन बनाउँदा पनि पराजित भएको थियो । लेगस्पिनर वानिन्दु हसरंगाको आगमनले बेंगलोरको मध्यक्रम बलिङ मजबुत बन्नेछ । हसरंगाले डेविड विल्लीको स्थान लिने सम्भावना छ ।

विराट कोहली, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल बेंगलोरका प्रमुख ब्याटर हुन् । तीव्र गतिका बलरमा वायन पार्नेल र मोहम्मद शिराज रहनेछन् ।

आजको अर्को खेलमा पन्जाब किंग्स र लखानऊबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा एककाना क्रिकेट स्टेडियममा हुनेछ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

आजको खेलमा जितका साथ लखनऊ शीर्ष स्थानमा उक्लिन चाहन्छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.