3 years ago
April 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै अभ्यास खेलमा ओमानमाथि ५ विकेटको सानदार जित हात पारेको छ । एसिसी प्रिमियर कपअघि नेपाल र ओमानले अभ्यास खेल खेलेका हुन् ।

जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।
अर्जुनले ८७ बलमा ६ चौका र ३ छक्कासहित ६७ रन बनाएका थिए । रोहित पौडेल ६५ बलमा ५ चौका र २ छक्कासहित ५८ मा रिटायर्ट हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५१ बलमा २ चौका र ३ छक्कासहित ५९ रनमा आउट भए ।
नेपालले ओपनरमा देव खनाल र अर्जुन साउदलाई पठाएको थियो । देव खनाल दुई रन जोड्नेक्रममा पाँचौं ओभरको पाँचौं बलमा १० रनमा रन आउट भएका थिए । ११ औं ओभरको पाँचौं बलमा ज्ञानेन्द्र मल्ल २ चौका र १ छक्कासहित १५ रनमा आउट भए । उनी तीव्र गतिका बलर फयाज बटको बलमा एज लागेर विकेटकिपरबाट क्याच आउट भएका थिए ।
ज्ञानेन्द्र आउट हुँदा नेपाल ११.५ ओभरमा ५१-२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि अर्जुन साउद र रोहित पौडेलले १ सय ४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ६७ रनमा आउट भए । उनी स्पिनर जिशान मकसुदको २९ औं ओभरको चौथो बलमा कलिमुल्लाहबाट क्याच आउट भए ।
कप्तान रोहित पौडेल ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिएका थिए । जिशानले कुशल मल्ललाई ८ रनमा बोल्ड आउट गरे । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए । सन्दीप जोरा ११ र भीम सार्की १ रनमा अविजित रहे । ओमानका कप्तान जिशान मकसुदले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका युवा खेलाडी शोएब खानले १ सय २३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको अवजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
ओपनर जतिन्दरसिंह ४२ बलमा ७ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दरले १०.३ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जतिन्दर किशोर महतोको बलमा देव खनालबाट क्याच आउट भए ।
१२ औं ओभरको पहिलो बलमा अकिब इलियासलाई प्रतिश जि.सीले एक रनमा बोल्ड आउट गरे । १५ औं ओभरको दोस्रो बलमा कश्याप प्रजापति ३६ बलमा २ चौकासहित १६ रनमा आउट भए ।

सूर्य तामाङले मोहम्मद नदीमलाई १० रनमा एलबीडब्लू आउट गरे । सूर्यले नै आयन खानलाई ७ रनमा बोल्ड गरेका थिए । अदिल शफिक दुई र सन्दीप गौड ३ रनमा आउट भए । मोहम्मद नदिम खुशी १८ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।
नेपालका किशोर महतोले ८ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सीले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । सूर्य तामाङले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । श्याम ढकाल र मौसम ढकालले समान एक विकेट लिए ।
एसिसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । एसिसी प्रिमियर कप मंगलबारदेखि सुरुहुनेछ । १० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले अझै अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । नेपालले सम्भव त आज अन्तिम टोली घोषणा गर्नेछ ।

नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । उक्त खेल नेपालको ५० औं ओडिआई पूरा हुनेछ । नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ खेल्नेछ । नेपालले वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ।
सेमिफाइनल वैशाख १६ गते हुनेछ । फाइनल वैशाख १८ गते हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने सोचमा हुनेछ ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]