2 years ago
April 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै अभ्यास खेलमा ओमानमाथि ५ विकेटको सानदार जित हात पारेको छ । एसिसी प्रिमियर कपअघि नेपाल र ओमानले अभ्यास खेल खेलेका हुन् ।
जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।
अर्जुनले ८७ बलमा ६ चौका र ३ छक्कासहित ६७ रन बनाएका थिए । रोहित पौडेल ६५ बलमा ५ चौका र २ छक्कासहित ५८ मा रिटायर्ट हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५१ बलमा २ चौका र ३ छक्कासहित ५९ रनमा आउट भए ।
नेपालले ओपनरमा देव खनाल र अर्जुन साउदलाई पठाएको थियो । देव खनाल दुई रन जोड्नेक्रममा पाँचौं ओभरको पाँचौं बलमा १० रनमा रन आउट भएका थिए । ११ औं ओभरको पाँचौं बलमा ज्ञानेन्द्र मल्ल २ चौका र १ छक्कासहित १५ रनमा आउट भए । उनी तीव्र गतिका बलर फयाज बटको बलमा एज लागेर विकेटकिपरबाट क्याच आउट भएका थिए ।
ज्ञानेन्द्र आउट हुँदा नेपाल ११.५ ओभरमा ५१-२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि अर्जुन साउद र रोहित पौडेलले १ सय ४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ६७ रनमा आउट भए । उनी स्पिनर जिशान मकसुदको २९ औं ओभरको चौथो बलमा कलिमुल्लाहबाट क्याच आउट भए ।
कप्तान रोहित पौडेल ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिएका थिए । जिशानले कुशल मल्ललाई ८ रनमा बोल्ड आउट गरे । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए । सन्दीप जोरा ११ र भीम सार्की १ रनमा अविजित रहे । ओमानका कप्तान जिशान मकसुदले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका युवा खेलाडी शोएब खानले १ सय २३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको अवजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
ओपनर जतिन्दरसिंह ४२ बलमा ७ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दरले १०.३ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जतिन्दर किशोर महतोको बलमा देव खनालबाट क्याच आउट भए ।
१२ औं ओभरको पहिलो बलमा अकिब इलियासलाई प्रतिश जि.सीले एक रनमा बोल्ड आउट गरे । १५ औं ओभरको दोस्रो बलमा कश्याप प्रजापति ३६ बलमा २ चौकासहित १६ रनमा आउट भए ।
सूर्य तामाङले मोहम्मद नदीमलाई १० रनमा एलबीडब्लू आउट गरे । सूर्यले नै आयन खानलाई ७ रनमा बोल्ड गरेका थिए । अदिल शफिक दुई र सन्दीप गौड ३ रनमा आउट भए । मोहम्मद नदिम खुशी १८ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।
नेपालका किशोर महतोले ८ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सीले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । सूर्य तामाङले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । श्याम ढकाल र मौसम ढकालले समान एक विकेट लिए ।
एसिसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । एसिसी प्रिमियर कप मंगलबारदेखि सुरुहुनेछ । १० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले अझै अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । नेपालले सम्भव त आज अन्तिम टोली घोषणा गर्नेछ ।
नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । उक्त खेल नेपालको ५० औं ओडिआई पूरा हुनेछ । नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ खेल्नेछ । नेपालले वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ।
सेमिफाइनल वैशाख १६ गते हुनेछ । फाइनल वैशाख १८ गते हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने सोचमा हुनेछ ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]