3 years ago
April 16, 2023
एजेन्सी – कोलकाता नाइट राइडर्सका युवा अलराउन्डर वेंकटेश ऐरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध सानदार शतक हानेका छन् । वेंकटेश ऐरले ४९ बलमा ५ चौका र ९ छक्कासहित आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका हुन् ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले १७ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ । कोलकाताका वेंकटेश १ सय रनमा क्रिजमा छन् । उनलाई रिंकु सिंहले १५ बलमा २ चौकासहित १८ रनमा साथ दिएका छन् । ऐरले एक तर्फबाट सानदार ब्याटिङ गरेपनि अर्कोएन्डबाट भने निरन्तर विकेट गुमाएको छ ।
ओपनर रहमानउल्लाह गुरबाज ८ र नारायण जगदीशन डक आउट भए । दोस्रो ओभरको पाँचौं बलमा क्यामरन ग्रीनले जगदीशनलाई शोकीनबाट क्याच गराएका थिए ।
छैटौं ओभरको तेस्रो बलमा स्पिनर पियुष चवालाले गुरबाजलाई डुवान यानसनबाट क्याच गराए । ऋथिक शोकीनले कप्तान नितिश राणालाई ५ रनमा वैकल्पिक फिल्डर रमनदीप सिंहबाट क्याच आउट भए । शार्दुल ठाकुर ११ बलमा १ चौकासहित १३ रनमा आउट भए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]