default_image

3 years ago

April 16, 2023

वेंकटेशको सानदार शतक

215 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइट राइडर्सका युवा अलराउन्डर वेंकटेश ऐरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध सानदार शतक हानेका छन् । वेंकटेश ऐरले ४९ बलमा ५ चौका र ९ छक्कासहित आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका हुन् ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले १७ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ । कोलकाताका वेंकटेश १ सय रनमा क्रिजमा छन् । उनलाई रिंकु सिंहले १५ बलमा २ चौकासहित १८ रनमा साथ दिएका छन् । ऐरले एक तर्फबाट सानदार ब्याटिङ गरेपनि अर्कोएन्डबाट भने निरन्तर विकेट गुमाएको छ ।

ओपनर रहमानउल्लाह गुरबाज ८ र नारायण जगदीशन डक आउट भए । दोस्रो ओभरको पाँचौं बलमा क्यामरन ग्रीनले जगदीशनलाई शोकीनबाट क्याच गराएका थिए ।

छैटौं ओभरको तेस्रो बलमा स्पिनर पियुष चवालाले गुरबाजलाई डुवान यानसनबाट क्याच गराए । ऋथिक शोकीनले कप्तान नितिश राणालाई ५ रनमा वैकल्पिक फिल्डर रमनदीप सिंहबाट क्याच आउट भए । शार्दुल ठाकुर ११ बलमा १ चौकासहित १३ रनमा आउट भए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.