3 years ago
April 17, 2023
एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को २४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा हुनेछ।

चेन्नईको कप्तानी महेन्द्रसिंह धोनी र बेंगलोरको फाफ डु प्लेसिसले गर्नेछन् । चेन्नई ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । बेंगलोर ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण सातौं स्थानमा छ । चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग विकेट विकेटले पराजित भएको थियो ।
त्यसपछि चेन्नईले लखनऊलाई १२ रन र मुम्बईलाई ७ विकेटले हराएको थियो । अन्तिम खेल राजस्थान रोयल्ससँग तीन रनले पराजित भएको थियो । बेंगलोरले पहिलो खेलमा मुम्बईलाई ८ विकेटले हराएको थियो । त्यसपछि कोलकातासँग ८१ रन र लखनऊसँग एक विकेटले पराजित भएको थियो । दिल्लीलाई २३ रनले हराएको थियो ।
चेन्नईका ओपनर ऋतुराज गायकवाड र बेंगलोरका विराट कोहली राम्रो लयमा छन् । ऋतुराजले ४ खेलमा २ मा अर्धशतकसहित १ सय ९७ रन बनाएका छन् । विराट कोहलीले ४ खेलमा ३ मा अर्धशतकका साथ २ सय १४ रन बनाएका छन् । विराट बेंगलोरका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । युवा खेलाडी ऋतुराज पनि चेन्नईका प्रमुख ब्याटर हुन् ।

बेंगलोरका विराटसँगै ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरेका छन् । बेंगलोर यी तीन खेलाडीमा बढी निर्भरछ । बेंगलोरको मध्यक्रम र तल्लोक्रम कमजोरीको रुपमा छ । दीनेश कार्तिकबाट बेंगलोर राम्रो अन्त्य चाहन्छ । बेंगलोरले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।
मोहम्मद शिराज, वायन पार्नेल र विजयकुमार वैश्यक तीव्र गतिका बलिङ हतियार हुन् । स्पिनरमा वानिन्दु हसरंगा र शहबाज अहमद छन् । उता चेन्नईका अजिक्या रहाणे पनि राम्रो लयमा छन् । अजिक्या रहाणे, ऋतुराज र डेभन कन्वे प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरबाट चेन्नई राम्रो सुरुवात चाहन्छ ।
मध्यक्रममा मोईन अली, शिवम दुबे र अम्बाती रायुडू हुनेछन् । कप्तान महेन्द्रसिंह धोनी राम्रो लयमा छन् । पछिल्लो खेलमा धोनीले राजस्थानविरुद्ध १७ बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा अविजित रहेपनि झिनो हार टार्न सकेका थिएनन् । फिनिसर धोनी फेरि घातक बन्न सक्छन् ।

चेन्नईको बलिङ आक्रामण भने केहि कमजोरीको रुपमा छ । चेन्नईले आज सिसान्डा मगलाको स्थानमा मथिसा पाथिराना वा ड्वेन प्रिटोरियसलाई मौका दिनसक्छ । महेश थिक्सेना र रविन्द्र जडेजा प्रमुख स्पिनर हुन् ।
हेड टु हेड :
आइपिएलमा चेन्नई र बेंगलोरबीच कुल ३० खेल भएका छन् । चेन्नई १९ र बेंगलोर १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा चेन्नई चार खेलमा विजयी भएको छ ।
बेंगलोरविरुद्ध चेन्नईको उच्च योगफल २ सय १६ र सबैभन्दा कम ८२ रन छ । चेन्नईविरुद्ध बेंगलोरको उच्च योगफल २ सय ५ र कम योगफल ७२ रन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]