3 years ago
April 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार देखीसुरु हुने एसिसी प्रिमियर कपको टिकट मूल्य निर्धारण गरेको छ । मुलपानीका सबै खेल निशुल्क हुँदा टियुमा टिकट मूल्य २ सय रुपैयाँ राखिएको छ।

टियुमा टिकट मूल्य २ सय राखिएको छ । माइ पेबाट टिकट खरिद गरेमा १ सय ५० रुपैयाँ तिनुपर्ने हुन्छ । ‘मुलपानीका सबै खेल निशुल्क राखेका छौं । तर टियुमा भने २ सय रुपैयाँ राखिएको छ । माइपेबाट किन्दा १ सय ५० मा पाइन्छ’, क्यानका कार्यवाहक सचिव दुर्गाराजक पाठकले हाम्रो खेलकुदसँग भने ।
यसअघि आइसिसी लिग २ मा क्यानले टिकट मूल्य १ सय ५० रुपैयाँ राखेको थियो । लिग २ को तुलनामा ५० रुपैयाँ टिकट मूल्य बढेको हो । १० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ ।
नेपालले पहिलो खेलमा भोली(मंगलबार) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । उक्त खेल नेपालको ५० औं ओडिआई पूरा हुनेछ । नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ खेल्नेछ । नेपालले वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ।
सेमिफाइनल वैशाख १६ गते हुनेछ । फाइनल वैशाख १८ गते हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने सोचमा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]