3 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । टियु मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

१० टोली सहभागी प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ । उपाधिको प्रमुख दाबेदार नेपाल तुलनात्मक रुपमा कमजोर मलेसियालाई हराउँदै सानदार विजयी सुरुवात गर्न चाहन्छ । नेपालको रोहित पौडेल र मलेसियाको अहमद फैजले कप्तानी गर्नेछन् ।
प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । आज उता मुलपानी मैदानमा हङकङले सिंगापुरसँग खेल्नेछ । यो खेलसँगै माथिल्लो मुलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ ।
हेड टु हेड :
५० ओभरको खेलमा २०१२ यता नेपालले मलेसियासँग पाँच खेल खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ । नेपालले पछिल्लो पटक मलेसियासँग ५० ओभरको खेल २०१८ मा खेलेको थियो । उक्त खेलमा नेपाल १९ रनले विजयी भएको थियो । टि२० आई खेल भने नेपालले त्रिकोणात्मक आई सिरिजमा २०२१ र २०२२ मा समान दुई खेल घरेलु मैदान टियुमा खेलेको थियो । जसमा सबै खेलमा नेपाल विजयी भएको थियो ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]