default_image

3 years ago

April 18, 2023

नेपालको मध्यम बलिङ सुरुवात

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले एसिसी प्रिमियर कपको पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध मध्यम सुरुवात गरेकोछ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले १० ओभरमा १ विकेट गुमाउँदै ५० रन बनाएको छ ।

मलेसियाका विरनदीप सिंह २९ बलमा ८ रनमा क्रिजमा छन् । कप्तान अहमद फैज १३ बलमा ४ चौकासहित २१ रनमा क्रिजमा छन् । नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई चोभार एण्ड र गुलशन झालाई टियु एण्डबाट सुरुवातमा बलिङ गराएको थियो ।

मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए । उनले १८ बलमा ३ चौका प्रहार गरे ।

नेपालले आजको खेलमा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलबाट युएईविरुद्ध मैदान उतारेको प्लेइङ–११ लाई नै निरन्तरता दिएको छ ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चिएका छन् । स्पिनर ललित राजवंशीले १ ओभरमा २ रन खर्चिएका छन् । गुलशन झाले ५ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए ।

१० टोली सहभागी प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ । प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.