default_image

3 years ago

April 18, 2023

बाबरको सानदार शतकमा हङकङको विजयी सुरुवात

416 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी बाबर हायतको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको समूह बी को पहिलो खेलमा हङकङले महत्वपूर्ण दुई अंक जोडेको हो ।

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा बाबर हायत ९४ बलमा १० चौका र ६ छक्कासहित १ सय ८ रनमा अविजित रहे । बाबरले ३३ औं ओभरमा अरित्र दत्तलाई तेस्रो, चौथो र पाँचौं बलमा लगातार छक्का हान्दै सहज जित दिलाएका थिए ।

बाबरले लगातार दुई छक्का साथ ९२ बलमा शतक पूरा गरे । बाबर प्रिमियर कपमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।
कप्तान निजाकत खान ८९ बलमा ३ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । दोस्रो विकेटका लागि बाबर र निजाकतले १ सय ३२ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ओपनर अंशुमन रथ ६ रनमा आउट भए । सिंगापुरका रमेश र अरित्र दत्तले एक एक विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुर ४२.१ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो । सिंगापुरका ओपनर तथा कप्तान अरित्र दत्तले ५७ बलमा ९ चौकासहित सर्वाधिक सर्वाधिक ४९ रन बनाए ।

अन्य कुनैपनि सिंगापुरे ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सुरेन्द्रन चन्द्रमोहन १०, अवि दिक्षीत १२, अर्यान मोदीले २० र रमेश कलिमुथुले १८ रन बनाए । हङकङका स्पिनर एहसान खानले १० ओभरमा ३ मेडनसहित २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अर्का स्पिनर यासिम मुर्तजाले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । आयुश शुक्ला, अजिज खान र मोहम्मद गजानफरले समान एक विकेट लिए ।

समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूह ए मा ओमान, नेपाल, कतार, मलेसिया र साउद अरेविया छन् । बुधबार टियु मैदानमा युएई र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । मुलपानीमा ओमान र कतार भिड्नेछन् । प्रतियोगिता शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.