default_image

3 years ago

April 18, 2023

कुशल मल्ल बने प्लेयर अफ द म्याच

1220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा अलराउन्डर कुशल मल्ल एसिसी प्रिमियर कपमा मलेसियाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ६ विकेटको सानदार जित दिलाउन उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्ल खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् ।

जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनमा नटआउट रहे ।

आक्रामक ब्याटिङ गर्दै कुशलले २८ बलमा अर्धशतक पूरा गरेका थिए । चौथो विकेटका लागि कुशल मल्लले भीम सार्कीसँग १ सय १२ रनको सानदार शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूह ए मा ओमान, नेपाल, कतार, मलेसिया र साउद अरेविया छन् । बुधबार टियु मैदानमा युएई र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् । नेपालले अव शुक्रबार ओमानसँग खेल्नेछ ।

उक्त खेल नेपालको ५० औं ओडिआई खेल हुनेछ । माथिल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो । हङकङको जितमा बाबर हायत ९४ बलमा १० चौका र ६ छक्कासहित १ सय ८ रनमा अविजित रहे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.