3 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेले माथिल्लो मुलपानी क्रिकेट मैदानको उद्धघाटन गरेका छन् । मंगलबार एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँगको खेलअघि पाण्डेले उद्धघाटन गरेका हुन् ।

पाण्डे अध्यक्ष हुँदा नै सुरु भएको उक्त मुलपानी झण्डै दुई दशकपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगता भएको हो । सन् २००८ मा क्यानले माथिल्लो मुलपानी मैदानलाई एकेडेमीको शैलीमा निर्माण गरेको थियो । तर पछि उक्त मैदानलाई क्यानले घरेलु प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालको एकमात्रै राष्ट्रिय प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता केहि खेलहरु मुलपानीमा हुँदै आएका छन् ।
२०१९ को १३ औं दक्षिण एसियाली खेलकुद सागमा माल्दिभ्स र २०२० को आइसिसी विश्वकप लग २ अघि अमेरिकाले नेपालसँग उक्त मैदानमा अभ्यास खेल खेलेका थिए । नेपाली क्रिकेट टोलीले पनि अभ्यास गरि सकेको छ । माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने समग्रमा नेपालको पाँचौं मैदान हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कपमा एक सेमिफाइनलसहित कुल ११ खेल हुनेछन् । पहिलो खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराउँदै सुरुवात गरेको छ ।
नेपालले माथिल्लो मुलपानीमा एक खेल खेल्नेछ । नेपालले उक्त मैदानमा वैशाख ११ (अप्रिल २४) मा साउदी अरेवियासँग खेल्नेछ । सुरक्षाको कारण नेपालका अन्य सबै खेल भने टियुमा राखिएको छ । मुलपानीमा क्यानले दर्शकको लागि प्रवेश निशुल्क गरेको छ ।
मुलपानीमा दुई क्रिकेट मैदान छन् । तल्लो रंगशाला नेपाल सरकारले आफैं निर्माण गरेको छ । निर्माण सुरु भएको उक्त मैदान अझै सम्पन्न भएको छैन । उक्त मैदानमा स्थानीय प्रतियोगिताहरु आयोजना हुँदैआएका छन् ।
लामो समयदेखी जग्गा बिबादको कारण अलमलमा पर्दै आएको थियो । जग्गा बिबाद अन्त्य भई सकेको छ । उक्त मैदान क्यानले आफूलाई प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गरि सकेको छ । माथिल्लो मुलपानी भने क्यानको केन्द्रिय कार्यलयसँगै रहेको छ । उक्त मैदान क्यानको स्वामित्वमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]