default_image

3 years ago

April 18, 2023

माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने नेपालको सातौं मैदान

464 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माथिल्लो मुलपानी क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गर्ने नेपालको सातौं मैदान बनेको छ । मंगलबार एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको यो नेपालको सातौं मैदान हो । यसअघि नेपालले उमेर समूह र सिनियरको अन्तर्राष्ट्रिय गरि कुल ६ मैदानमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

नेपालमा यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानसँगै ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस मैदान, ललितपुरकै जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको मैदान, काठमाडौंको मुटुमा अवस्थित टुँडिखेल, भक्तपुर जिल्लाको सैनिक आवसीय महाविद्यालयको मैदान र कास्कीको पोखरास्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

टियु नेपालको एकमात्रै पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान हो । टियु ओडिआई मान्यता प्राप्त मैदान पनि हो । अन्य मैदान भने हाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य छैनन् । पछिल्लो डेढ दशक यता टियुमा लगभग सबै अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै आएका छन् ।

नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता रुपमा सन् १९९८ मा एसिसी ट्रफी आयोजना गरेको थियो । उक्त एसिसी ट्रफी टियु, पुल्चोक र जावलाखेलमा गरि तीन मैदानमा आयोजना भएको थियो । २००५ मा नेपालले एसिसी यू–१९ कप प्रतियोगिता विरेन्द्र सैनिक आवासिय महाविद्यालय भक्तपुर, पुल्चोक, टियु र टुँडिखेल गरि चार मैदानमा सम्पन्न भएको थियो ।

माथिल्लो मुलपानी मैदानमा सिंगापुरविरुद्ध शतक हानेपछि हङकङका बाबर हायत ।

उक्त प्रतियोगिता फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँदै २००६ मा श्रीलंकामा भएको यू१९ विश्वकप खेलेको थियो । २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेट पोखरा क्रिकेट मैदानमा भएको थियो ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले माथिल्लो मुलपानी क्रिकेट मैदानको उद्धघाटन गरेका थिए । २००८ मा क्यानले माथिल्लो मुलपानी मैदानलाई एकेडेमीको शैलीमा निर्माण गरेको थियो । तर पछि उक्त मैदानलाई क्यानले घरेलु प्रतियोगिता आयोजना गर्दै आएको छ ।

नेपालको एकमात्रै राष्ट्रिय प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता पछिल्लो समय लगातार माथिल्लो मुलपानीमा हुँदै आएका छन् । २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद सागमा माल्दिभ्स र २०२० को आइसिसी विश्वकप लग–२ अघि अमेरिकाले नेपालसँग उक्त मैदानमा अभ्यास खेल खेलेका थिए ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कपमा एक सेमिफाइनलसहित कुल ११ खेल हुनेछन् । पहिलो खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराउँदै सुरुवात गरेको छ । नेपालले माथिल्लो मुलपानीमा एकखेल खेल्ने तालिका छ । नेपालले उक्त मैदानमा वैशाख ११ (अप्रिल २४) मा साउदी अरेवियासँग खेल्नेछ ।

सुरक्षाको कारण नेपालका अन्य सबै खेल भने टियुमा राखिएको छ । मुलपानीमा क्यानले दर्शकको लागि प्रवेश निशुल्क गरेको छ । तल्लो मुलपानी रंगशाला भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा छ । उक्त मैदान आफूहरुलाई हस्तान्तरण गर्न क्यानले राखेपलाई आग्रह गर्दै आएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.