default_image

1 year ago

April 19, 2023

वृत्यपछि मुस्तफाको पनि शतक

100 views

0 Bookmark

एजेन्सी – युएईका युवा ब्याटर वृत्य अरविन्दपछि अनुभवी अलराउन्डर रोहन मुस्तफाले पनि एसिसी प्रिमियर कपमा कुवेतविरुद्ध शतक हानेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ४५ ओभरमा ३ विकेट गुमाउँदै २ सय ७६ रन बनाएको छ ।

युएईका रोहन मुस्तफा १ सय १९ बलमा १० चौका र २ छक्कासहित १ सय ५ रनमा क्रिजमा छन् । १६ बलमा खाता खोलेका मुस्तफाले ९५ बलमा अर्धशतक पूरा गरेका थिए । तर बाँकी २३ बलमा अर्धशतक पूरा गर्दै शतक पूरा गरेका हुन् । वृत्य अरविन्द १ सय ४२ बलमा १० चौका र ७ छक्कासहित १ सय ४२ रनमा क्रिजमा छन् ।

एक समय २४–३ को खराब सुरुवात गरेको युएईलाई चौथो विकेटका लागि मुस्तफा र वृत्यले २ सय ५२ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका छन् । युएईकोे सुरुवात भने सम्झन लायक थिएन । कप्तान मोहम्मद वासिम पहिलो ओभरको चौथो बलमै ८ रनमा क्याच आउट भएका थिए ।

तीव्र गतिका बलर शाहरुख कुद्दुसको बलमा वासिम फस्ट स्लिपमा मिट भावसारबाट क्याच आउट भए । उनले ४ बलमा २ चौका प्रहार गरे ।

स्पिनर यासिन पटेलले दोस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर आर्यन लाक्रालाई शून्यमा बोल्ड आउट गरे । शाहरुखले पाँचौं ओभरको चौथो बलमा अनुभवी ब्याटर रमिज शाहजादलाई ९ रनमा क्याच गराए । शाहजाद मोहम्मद अमिनबाट मिड अनमा क्याच आउट भएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.