default_image

3 years ago

April 19, 2023

राजस्थानलाई लखनऊको मध्यम लक्ष्य

143 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २६ औं खेलमा राजस्थान रोयल्सलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ । जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनायो ।

ओपनर कायल मेयर्स ४२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनमा आउट भए । उनी स्पिनर रविचन्द्रन आश्विनको बलमा बोल्ड आउट भए । अर्का ओपनर लोकेश राहुल ३२ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । पहिलो विकेटका लागि लाहुल र मेयर्सले १०.४ ओभरमा ८२ रनको साझेदारी गरेका थिए ।

राहुल जेसन होल्डरको बलमा लङअनमा जस बटलरबाट क्याच आउट भए । अर्को ओभरमा आयुष बदोनी ट्रेन्ट बोल्टको बलमा एक रनमा बोल्ड भए । दीपक हुँडा दुई रन क्याच आउट भए । निकोलस पुरन २० बलमा २ चौका र १ छक्कासहित २८ र मार्कस स्टोइनिस १६ रनमा आउट भए ।

राजस्थानका रविचन्द्रन आश्विनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर १ विकेट लिए । सन्दीप शर्मा र जेसन होल्डरले समान एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.