default_image

9 years ago

January 4, 2017

क्याची एसएसपी कपमा ग्रेस वीरेन्द्र र नेपाल पोलिटेक्निक कलेज विजयी

167 views

0 Bookmark

राकेश तिमल्सिना

चितवन – चौथो क्याची एसएसपी कप २०१७ को आजको भएको दुई खेलमा ग्रेस वीरेन्द्र, भरतपुर र नेपाल पोलिटेक्निक कलेज भरतपुर विजयी भएका छन् ।

airee

समुह चरणको पहिलो खेलमा ग्रेस वीरेन्द्र, भरतपुरले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीको चुनौती ८ विकेटले पाखा लगाएको हो । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले घटाइएको १५ ओभरमा ८ विकेट गुमाउदै ७८ रन बनाएको थियो । हिमालयनका लागि योगेश बोधले २६, असरुल रेनले ११, केशव अधिकारीले ११ र उमेशचन्द ठकुरीले ११ रन जोडेका थिए । बलिङतर्फ संघर्षले ३ र प्रदिप ऐरीले २ विकेट लिएका थिए ।

 

७९ रनको विजय लक्ष्य पछ्याएको ग्रेस वीरेन्द्रले ८ ओभरमा दुई विकेट गुमाएर जित निकालेको हो । वीरेन्द्रको जितमा प्रदिप ऐरीले अsaradविजित ३७ बनाएका थिए । उनले २२ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका हुन् । त्यस्तै, सोनु तामाङले १९ र मेहबुब अलामले १२ रन जोडेका थिए । अलराउन्ड प्रदर्शन गरेका प्रदिप ऐरी म्यान अफ द म्याच घोषित भएका छन् ।

catchy

यसैगरि, आज नै भएको अर्को खेलमा भरतपुरको नेपाल पोलिटेक्निक कलेजले धनगढीको सुदुर पश्चिम एकेडेमीलाई ९ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पोलिटेक्निक कलेजले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १६ रनको योगफल तयार पारेको हो । पोलिटेक्निकका लागि आकाश थापाले सर्वाधिक ५८ रन बनाएका हुन् । ५४ बल खेलेका उनले १ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यस्तै, सुनिल धमलाले १८ र शरद भेसवाकरले ८ रन जोडेका थिए । बलिङतर्फ धनगढीका सुरेन्द्र चन्दले ३ विकेट लिएका हुन् ।अर्धशतकीय पारी खेलेका पोलिटेक्निकका आकाश थापा म्यान अफ द म्याच बनेका हुन् ।

क्याची एसएसपी कपमा भोलीको पहिलो खेल नारायणी क्रिकेट एकेडेमी, हेटौंडा र बुटवल ११ बिच हुनेछ । त्यस्तै दोश्रो खेलमा सुदुर पश्चिम एकेडेमी, धनगढी र क्यापिटल कलेज अफ रिसर्च सेन्टर, काठमाडौंबीच दिउंसो १२ः३० बजे हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.