3 years ago
April 20, 2023
एजेन्सी – तीव्र गतिका बलर मोहम्मद शिराजको सानदार बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २७ औं खेलमा पन्जाब किंग्सलाई २४ रनले हराएको छ।

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाब १८.२ ओभरमा १ सय ५० रनमा अल आउट भयो । पन्जाबका जितेश शर्मा अन्तिम विकेटको रुपमा आउट हुनुअघि २७ बलमा २ चौका र ३ छक्कासहित ४१ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । ओपनर प्रभसिमरनले ३० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पहिलो ओभरको दोस्रो बलमै मोहम्मद शिराजले ओपनर अथर्वलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए । तेस्रो ओभरको पहिलो बलमा वानिन्दु हसरंगाले म्याथ्यु सर्टलाई ८ रनमा बोल्ड आउट गरे । चौथो ओभरको दोस्रो बलमा पन्जाबका प्रमुख ब्याटर लियाम लिभिङस्टोन २ रनमा शिराजको बलमा एलबडब्लू आउट भएपछि खराब सुरुवात गरेको थियो ।
हरप्रीत सिंह १३ र साम करन १० रनमा रन आउट भएपछि पन्जाब ७६-५ को दयनीय अवस्थामा पुगेको थियो । वायन पार्नेले प्रभसिमरन सिंहलाई बोल्ड गरे । शाहरुख खान हसरंगाको बलमा ७ रनमा स्टम्पिङ आउट भएपछि पन्जाब १२.५ ओभरमा १०६-७ को अवस्थामा पुगेको थियो ।
आठौं विकेटका लागि जितेश र हरप्रीतले २८ बलमा ४१ रनको साझेदारी गर्दै जितको आशा जगाएका थिए । शिराजले हरप्रीतलाई १३ रनमा बोल्ड गरेपछि जितको सम्भावना समाप्त भएको थियो । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । वायन पार्नेल र हर्षल पटेलले समान एक विकेट लिए ।

त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । बेंगलोरको जितमा फाफ डु प्लेसिसले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए । कप्तान विराट कोहली ४७ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा आउट भए ।
पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १६.१ ओभरमा १ सय ३७ रनको सानदार शतकीय साझेदारी गरेका थिए । तर विराट कोहली आउटपछि लगातार विकेट गुमाएपछि विशाल योगफल बनाउनबाट चुकेको थियो । ग्लेन म्याक्सेल डक, दीनेश कार्तिक र महिपाल लोमरोरले समान ७ रन बनाए । शहबाज अहमद ५ रनमा अविजित रहे ।
पन्जाबका हरप्रीत ब्रारले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंह र नाथन एलिसले समान एक विकेट लिए । फाफ डु प्लेसिस फिल्डिङ गरेका थिएनन् । त्यसैले विराट कोहलीले कप्तानी गरेका थिए । उनी पूर्ण रुपमा फिट नहुँदा इम्प्याक्ट प्लेयरको रुपमा खेलेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]