3 years ago
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार टियु क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ । खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली हुन् । आइसिसीको नियम अनुसार यस खेलले ओडिआई मान्यता पाउनु पर्ने हो ।

तर खेल सुरु हुन अघिल्लो दिन सम्म ओडिआई खेल हो वा होईन अनिश्चित बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई ओडिआई मान्यता दिन पत्र पठाइसकेको छ । तर ओडिआईका लागि स्वीकृति नआउँदा खेलको मान्यता अन्यौलमा परेको छ । यसपटक प्रतियोगिताका खेल ५०- अोभर खेल मात्र भनिएको छ । सामान्यतया आइसिसीको प्रतियोगिता लिस्ट ए मान्यता प्राप्त हुने गर्दथे । तर अन्य खेल लिस्ट ए नभएजस्तै क्यानले पनि आइसिसीबाट स्वीकृति नआउँदासम्म अोमानसँगको खेल ओडिआई मान्यता भन्न नमिल्ने जनाएको छ ।
‘हामी आइसिसीको इमेलको पखाईमा छौं । तर हालसम्म (बिहीबार साँझसम्म) आएको छैन । त्यसैले हामीले कसरी ओडिआई खेल भन्नु । उनीहरुले ओडिआई मान्यता दिने सम्भावना छ । तर आइसिसीले स्वीकृति नदिएसम्म हामीले ओडिआई खेल हो भन्ने अवस्था छैन’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।
त्यसैमा उनले थपे, ‘पछि ओडिआई मान्यता पनि देला । तर तत्काल ओडिआई नै हो भन्ने अवस्था रहेन । सबै कुरा ओडिआई मान्यता अनुसार पनि छ । आइसिसीको प्रतियोगिता हुन्थ्यो भने आफैं हुन्थ्यो । यो प्रतियोगिता एसिसीको हुँदा हामीले स्वीकृति लिनुपर्छ । तर अहिले सम्म स्वीकृति आएको छैन । हामीहरुले कुरा गर्दा उनीहरु सहमत छन् । तर लिखित रुपमा नआएसम्म हामीले आफै भन्न पाएनौं । हामीले आइसिसीले भनेको सबै कागजात पठाइसकेका छौं ।’

२०१८ मा मलेसियामा भएको एसिया कप छनोटमा नेपाल र युएईबीचको खेलले ओडिआई मान्यता पाएको थियो । उक्त खेलमा नेपालका सागर पुनले ओडिआई खेलमा डेब्यू गरेका थिए । यदि ओडिआई मान्यता पाएमा नेपालको यो ५० औं ओडिआई खेल हुनेछ । नेपालले हालसम्म ७ देशसँग ४९ ओडिआई खेल खेलेको छ ।
सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेलेको छ । ४९ ओडिआईमा नेपालको २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ । नेपालले कुल ७ देशसँग ओडिआई खेल खेलेको छ ।
४९ मध्य नेपालले आइसिसी विश्वकप लिग–२ मा ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले ओडिआईमा सर्वाधिक धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।
नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ । नेदरल्यान्ड्ससँग दुई ओडिआई खेल खेलेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]