default_image

3 years ago

April 20, 2023

ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

276 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ । समूह ए मा रहेको नेपाललाई ओमानसँगको खेल निकै महत्वपूर्ण हुनेछ । नेपाल यस खेलमा विजयी भएमा समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना उच्च बन्नेछ ।

उपाधि दाबेदार ओमान र नेपालबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नेपालको उपाधि दाबेदार मध्यको एक ओमानविरुद्ध आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्ने अनुमान गरिएको छ । त्यसैले टोलीमा केहि परिवर्तनको सम्भावना देखिन्छ । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपालले पछिल्लो समय बलिङमा कमजोर प्रदर्शन गर्दै आएको छ । मलेसियाले नेपालविरुद्ध २ सय ३५ रन बनाएको थियो । आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा अघिल्लो महिना युएईले नेपालविरुद्ध ३ सय १० रन बनाएको थियो । पछिल्ला दुई खेलमा नेपालले टोलीमा परिवर्तन गरेको छैन । तर ओमानविरुद्ध नेपालले टोलीमा एक परिवर्तन गर्ने उच्च सम्भावना छ ।

नेपालले ओमानविरुद्ध तीव्र गतिका बलर करण केसीलाई मौका दिने उच्च सम्भावना छ । गुलशन झाको स्थानमा करण खेल्ने सम्भावना छ । गुलशनले मलेसियाविरुद्ध ५ ओभरमा ३३ रन खर्चिएका थिए । करणको ओमानविरुद्ध इतिहासमा धेरै राम्रो बलिङ प्रदर्शन छ । करणले ओमानविरुद्ध ६ ओडिआई खेलमा २० विकेट लिएका छन् । जसमा दुई पटक पाँच पाँच विकेट लिएका छन् ।

करणले २०२० मा टियु मैदानमा ओमानविरुद्ध पहिलो खेलमा ४ विकेट लिँदा दोस्रो खेलमा विकेट विहीन बनेका थिए । २०२१ मा अल अमरेतमा ओमानविरुद्ध २ र ४ विकेट लिएका थिए । २०२२ मा अमेरिकामा ओमानविरुद्ध ५-५ विकेट लिएका थिए । त्यसैले करणले गुलशनको स्थान लिने उच्च सम्भावना छ ।

करणले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । गुलशनले पनि राम्रो ब्याटिङ गर्दै आएका छन् । तर गुलशनको बलिङ भने राम्रो हुन सकेको छैन । टोलीमा अन्य खेलाडी भने परिवर्तनको सम्भावना देखिदैन । ओपनरमा आसिफ शेख र कुशल भुर्तेलले निरन्तरता पाउनेछन् । नेपाल कुशलबाट आक्रामक र आसिफबाट ठूलो इनिङ चाहन्छ ।

तेस्रो नम्बरमा भीम सार्कीले खेल्नेछन् । भीमले लगातार परिपक्क प्रदर्शन गर्दै आएका छन् । उनीबाट नेपाल त्यस्तै खेल चाहन्छ । चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरमा कुशल मल्ल हुनेछन् । कप्तान रोहित नेपालका सर्वाधिक भरपर्दा ब्याटर हुन् । महत्वपूर्ण खेलमा रोहितबाट कप्तानी इनिङ चाहन्छ । कुशल मल्ल लयमा छन् ।

मलेसियाविरुद्ध ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनमा अविजित रहेका थिए । कुशल विष्फोटक ब्याटिङ गर्न रुचाउँछन् । अर्कोतर्फ बायाँ हाते (देब्रे) खेलाडी हुँदा पनि रणनीतिक हिसाबमा प्रयोग गर्न सक्छ।

ओमानमा तीव्र गतिका बलर बिलाल खान, स्पिनर जिशान मकसुद र आयन खान बायाँ हाते बलर हुँदा पनि कुशलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । बायाँ हाते ब्याटरलाई बायाँ हाते बलर खेल्न निकै सहज हुन्छ । कुशल स्पिन बल धेरै राम्रो खेल्दै आएका छन् ।

नेपालको ब्याटिङमा भने निकै गहिराई छ । मध्यक्रम र शीर्षक्रम चल्न नसक्दा पनि बलियो योगफल पूरा गर्नसक्छ । छैटौं र सातौं नम्बरमा नेपालका दुई प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी र आरिफ शेख हुनेछन् । त्यसपछि सोमपाल कामी र करण केसी हुनेछन् । करण र सोमपाल पनि राम्रो ब्याटिङको लागि चिनिन्छन् । नेपालको नौं नम्बरसम्म ब्याटिङक्रम मजबुत छ । सन्दीप लामिछानेले पनि राम्रो ब्याटिङ गर्दै आएका छन् ।

नेपालले दुई स्पिनरमा सन्दीप लामिछाने र ललितनारायण राजवंशीलाई मैदान उतार्नेछ । ललित नयाँ बलका साथ पावर प्लेमा राम्रो गर्दै आएका छन् । सन्दीपबाट मध्यक्रममा उत्कृष्ट प्रदर्शन चाहन्छ । करण केसी र सोमपाल कामी प्रमुख तीव्र गतिका बलर हुन् । पावर प्ले र डेथ ओभरमा नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

डेथ ओभर र पावर प्ले बलिङ नेपालको कमजोरीको रुपमा रहँदै आएको छ । पार्ट टाइम स्पिनरमा दीपेन्द्र र कुशल मल्ल हुनेछन् । आवश्यक परेका रोहित पनि विकल्पमा हुनेछन् । तीव्र गतिको बलिङ विकल्पमा आरिफ शेख हुनेछन् ।

नेपालको सम्भावित प्लेइङ–११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.