default_image

3 years ago

April 21, 2023

नेपाल र ओमानबीचको खेलले ओडीआई मान्यता पायो

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार टियु क्रिकेट मैदानमा नेपाल र ओमनाबीच हुने समूह ए को खेलले अन्तत: एकदिवसीय अन्तर्राष्ट्रिय (ओडियआई) मान्यता पाएको छ । यससँगै टियु मैदानमा विहान ९ बजे सुरु हुने खेल नेपालको ५० औं ओडियआई खेल हुने भएको हो ।

नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली भएपनि खेल सुरु हुने अघिल्लो दिनसम्म ओडिआई खेल हो वा होईन भन्ने अनिश्चितता रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई ओडिआई मान्यता दिन पत्र पठाइसकेको अवस्थामा विहीबार मध्यरातमा मात्र स्वीकृति प्राप्त भएको हो ।

प्रतियोगिताका अन्य खेलको मान्यता भने सामान्य ‘५०-अ‍ोभर खेल’ मात्र रहँदै आएको छ । एसीसीले आयोजना गर्ने प्रतियोगिता भएकाले अन्य खेलले लिस्ट ए मान्यता पनि पाएका छैनन् । तर क्यानले दुवै ओडिआई राष्ट्र भएको र टियु मैदानले पटक पटक ओडिआई आयोजना गरेकाले मान्यता पाउन पत्र लेखेको थियो । आइसीसीले यस खेललाई सदर गर्दै अन्तत: ओडिआई मान्यता दिएको छ ।

यसअघि सन् २०१८ मा मलेसियामा भएको एसिया कप छनोटमा नेपाल र युएईबीचको खेलले ओडिआई मान्यता पाएको थियो । उक्त खेलमा नेपालका सागर पुनले ओडिआई खेलमा डेब्यू गरेका थिए ।

नेपालले हालसम्म ७ देशसँग ४९ ओडिआई खेल खेलेको छ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआईमा २६ मा जित, २१ मा हार, एक मा टाई तथा एक खेलमा नतिजा बिहीन छ । नेपालले कुल ७ देशसँग ओडिआई खेलेको छ ।

४९ मध्य नेपालले आइसिसी विश्वकप लिग–२ मा ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले ओडिआईमा सर्वाधिक धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ । नेदरल्यान्ड्ससँग दुई ओडिआई खेल खेलेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.