default_image

5 months ago

April 21, 2023

नेपालले आज ५० औं ओडिआई खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एसिसी प्रिमियर कपमा ओमानविरुद्ध आफ्नो ५० औं ओडिआई खेल खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ। नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । ४९ ओडिआईमा […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एसिसी प्रिमियर कपमा ओमानविरुद्ध आफ्नो ५० औं ओडिआई खेल खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ।

नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । ४९ ओडिआईमा नेपालको २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ । नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ । नेदरल्यान्ड्ससँग दुई ओडिआई खेल खेलेको छ । नेपालले हालसम्म कुल ७ देशसँग ओडिआई खेल खेलेको छ ।

४९ मध्य नेपालले आइसिसी विश्वकप लिग–२ मा ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले ओडिआईमा सर्वाधिक धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ।

नेपालले नामिबियासँग ६ खेलमा २ मा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । नेदरल्यान्ड्ससँग दुई खेल खेल्दा समान एक मा जित र हार व्यहोरेको थियो । ओमानसँग ६ खेलमा २ मा जित र ४ मा हार छ । पपुवा न्युगिनीसँग नेपालले १० खेलमा ८ मा जित र २ मा हार व्यहोरेको छ ।

स्कटल्यान्डसँग ६ खेलमा ३ मा जित र ३ मा हार छ । युएईसँग १३ खेलमा ७ मा जित र ६ खेलमा पराजित भएको छ । अमेरिकासँग ६ खेलमा ३ मा जित, २ मा हार र एक खेल टाई छ ।

नेपालले पपुवा न्युगिनी र युएईसँग समान दुई सिरिज खेलेको छ । २०१९ मा नेपालले युएईलाई उसकै भूमिका तीन खेलको सिरिज २–१ ले हराएको थियो । गत वर्ष घरेलु मैदानमा युएईलाई २–१ ले हराएको थियो ।

२०१८ मा नेपालले युएईसँग एसिया कप क्वालिफायरमा एक खेल खेलेको थियो । पपुवा न्युगिनीसँग नेपालले २०२१ मा ओमानमा दुई खेलको सिरिजमा क्लिनस्विप गरेको थियो । २०२२ मा घरेलु मैदानमा पपुवा न्युगिनीसँग नेपाल दुबै खेलमा पराजित भएको थियो ।

४९ ओडिआर्इँ खेल नेपालबाट ४ कप्तानले गरेका छन् । नेपालबाट पारस खड्काले ६, ज्ञानेन्द्र मल्लले १०, सन्दीप लामिछानेले १४ र रोहित पौडेलले १९ ओडिआई खेलमा कप्तानी गरेका छन् ।

एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।

एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानले कतारलाई ४० रनले हराएको थियो । नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले कप्तानी गर्नेछन् । युवा खेलाडीले भोरिएको नेपाल र अनुभवी खेलाडीको बाहुल्यता भएको ओमानबीचको प्रतिस्पर्धा कडा हुने अपेक्षा गरिएको छ ।

October 2, 2023

नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

भारतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

भारतसँग नेपालको असली अग्नी परिक्षा

हाङ्गचौं (हाम्रो खेलकुद) – यो साता विश्व क्रिकेटमा सबैभन्दा बढी चर्चा नेपाली क्रिकेट टोलीको रह्यो । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियामाथि एकै खेलमा एक दर्जन विश्व कीर्तिमान बनाउँदै सनसनी मच्चायो । नेपालले मंगोलियाविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । टि२० आईका लगभग सबै प्रमुख […]

Success

Thank you for your time.