default_image

3 years ago

April 21, 2023

करण नेपालको प्लेइङ ११ मा

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर करण केसी एसिसी प्रिमियर कपमा ओमानविरुद्ध प्लेइङ११ मा छन् । टियु क्रिकेट मैदानमा भएको टसमा ओमानका कप्तान जिसान मकसुदले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले केहि समयमै ब्याटिङ गर्दैछ । नेपालले मलेसियाको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ ।

तीव्र गतिका बलर करण केसीलाई नेपालले आजको खेलमा मौका दिँएको छ । गुलशन झा आज बेन्चमा छन् । टोलीमा भने अन्य परिवर्तन गरेको छैन ।

करणको ओमानविरुद्ध राम्रो इतिहास छ । करण केसीले ओमानविरुद्ध ६ ओडिआई खेलमा २० विकेट लिएका छन् । पछिल्लो पटक २०२२ मा ओमानविरुद्ध करणले ५–५ विकेट लिएका थिए । त्यसैले करणलाई मौका दिँदा गुलशनलाई बेन्चमा राखेको छ ।

नेपालको यो ५० औं ओडिआई खेल समेत हो । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् । नेपाल र ओमानबीचको आजको नतिजाले समूह ए को विजेता र उपविजेता निर्धारण गर्न सक्ने सम्भावना छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । उता ओमानले कतारलाई ४० रनले हराएको थियो ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।

ओमानको प्लेइङ ११ :

जिशान मकसुद (कप्तान), अकिब इलियास, कलिमुल्लाह, कश्याप प्रजापति, अदिल शफिक, जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान र फैयज बट ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.