3 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकमा नेपालले एसिसी प्रिमियर कपमा ओमानलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनायो ।

यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो । नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेले ।
कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरेका थिए । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।
यसअघि २०२२ रोहित पौडेलले टियुमा नै पपुवा न्युगिनीविरुद्ध ९१ बलमा हानेको शतकको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन् ।
यसअघि नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए । कुशल स्पिनर अकिब इलियासको ४१ औं ओभरको चौथो बलमा मिडअफमा आयन खानबाट क्याच भएका थिए ।

सोमपाल कामीले ३९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरे । सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहे । सोमपालको यो अन्तर्राष्ट्रिय कुनैपनि खेलको उच्च प्रदर्शन हो । यसअघि सोमपालले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ६१ रन बनाएका थिए । करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा २९ रनमा नटआउट रहे ।
तर सुरुवातमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । नेपालले टोलीकै पहिलो रन २८ औं बलमा जोडेको थियो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानले कुशललाई एलबीडब्लू आउट गरेका थिए ।

चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए । दुबै ओपनर खाता नखोल्दै आउट भएपनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए ।
तर तीव्र गतिका बलर फैयज बटको १८ औं ओभरको पहिलो बलमा रोहित लेग साइडमा गाइड गर्न खोजेपनि टप एज लागेर प्वाइन्टमा कश्याप प्रजापतिबाट क्याच आउट भए ।
रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए । भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए । भीम स्पिनर जिशान मकसुदको २१ औं ओभरको तेस्रो बलमा विकेटकिपर अदिल सफिकबाट स्टम्पिङ आउट भए । भीमले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

पाँचौं विकेटका लागि आरिफ शेख र कुशल मल्लले ७५ रनको सानदार साझेदारी गरेका थिए । जतिन्दर सिंहको ३२ औं ओभरको पहिलो बलमा आरिफ शेख २९ रनमा कलिमुल्लाहबाट क्याच आउट भए । आरिफ जतिन्दरको पहिलो बलमै आउट हुन पुगेका थिए ।
आरिफले ४३ बलमा २ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरी स्पिनर आयन खानको ३६ औं ओभरको दोस्रो बलमा ७ रनमा बोल्ड आउट भए । ओमानका आयन खानले ५ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बिलाल खान, कलिमुल्लाह,जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]