default_image

2 years ago

April 21, 2023

कुशल एकै खेलमा सर्वाधिक छक्का हान्ने नेपाली खेलाडी

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर कुशल मल्ल नेपालबाट अन्तर्राष्ट्रिय एकै खेलमा सर्वाधिक छक्का हान्ने खेलाडी बनेका छन् । कुशलले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेले ।

उनले उक्त खेलमा १० छक्का हानेका थिए । कुनैपनि अन्तर्राष्ट्रिय खेलमा नेपाली ब्याटरले हानेको सर्वाधिक धेरै छक्का हो । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पारस खड्का र ज्ञानेन्द्र मल्लले एकै खेलमा समान ९ छक्का प्रहार गरेका थिए । ज्ञानेन्द्रले २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध टि२० आईमा ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यस्तै पारस खड्काले सिंगापुरविरुद्ध टि२० आईमा २०१९ मा ५२ बलमा ७ चौका र ९ छक्कासहित १ सय ६ रन बनाएका थिए । २०२१ मा करण केसीले टि२० आईमा मलेसियाविरुद्ध १३ बलमा ७ छक्कासहित ४५ रन बनाएका थिए । दीपेन्द्रले मलेसियाविरुद्धदै ७ छक्का हान्दै १ सय १० रन बनाएका थिए ।

ओडिआईमा यसअघि एकै खेलमा नेपाली ब्याटरले ४–४ छक्का प्रहार गरेका थिए । ओडिआईमा एकै खेलमा नेपालबाट यसअघि रोहित पौडेल, कुशल भुर्तेल र कुशल मल्लले समान ४ छक्का हानेका थिए ।

ओडिआईमा एकै खेलमा सर्वाधिक छक्का हान्ने कीर्तिमान इंग्ल्यान्डका ओईन मोर्गनको नाममा छ । मोर्गनले २०१९ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध १७ छक्का हानेका थिए । त्यसपछि रोहित शर्मा, एवि डिभिलियर्स र जसकरण मलहोल्त्राले समान १६ छक्का हानेका थिए ।

February 6, 2025

थाइल्याण्डलाई हराएपछि नेदरल्याण्ड्सको उपाधि सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

February 6, 2025

अर्जुन ट्रफी – सलाउद्दिनको ५ विकेटमा दशरथको जित

काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]

Success

Thank you for your time.