default_image

3 years ago

April 21, 2023

राशिद खानको कीर्तिमान तोड्दै सन्दीपले रचे नयाँ इतिहास

334 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । एसिसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै उक्त दुर्लभ कीर्तिमान कायम बनाएका हुन् । सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका छन् । सन्दीपले ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको कीर्तिमान तोडेका हुन् । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए । उक्त कीर्तिमान तोड्दै सन्दीप अव ओडिआईमा सर्वाधिक छिटो ४२ बलमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

अष्टे«लियाका मिचेल स्टार्कले ५२ खेलमा एक सय विकेट पूरा गरेका थिए । पाकिस्तानका स्पिनर सक्लैन मुश्ताकले ५३ खेलमा, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४ खेलमा एक सय विकेट लिएका थिए । अष्ट्रेलियाका ब्रेट लीले ५५ खेलमा, न्युजिल्यान्डका टे«न्ट बोल्ट र भारतका मोहम्मद शामीले समान ५६ खेलमा पूरा गरेका थिए ।

सन्दीप ओडआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पूरा गरेका थिए । १९ औं खेलमा श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए ।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिएका छन् । सन्दीप ओडिआईमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । सन्दीपले आइसिसी विश्वकप लिग–२ मा २०२० फेब्रुअरी १२ मा टियु मैदानमा सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

सन्दीपले २०२१ सेप्टेम्बर १० मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । जुन ओडिआईमा नेपालको उत्कृष्ट बलिङ प्रदर्शन हो । सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् ।

सोमपाल कामीले ४४ खेलमा ६१ विकेट लिएका छन् । करण केसीले ३८ खेलमा ५६ विकेट लिएका छन् । अन्य नेपाली बलरले ओडिआईमा ५० माथि विकेट लिन सकेका छैनन् ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.