default_image

1 year ago

April 21, 2023

ओमानमाथि नेपालको सानदार जित

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए ।अकिब ओमानका प्रमुख ब्याटर हुन् । उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । तर चोटका कारण उनी सुरुवात देखिनै ब्याटिङमा आएका थिएनन् । पछि क्रिजमा नआई उनी रिटायर्ट आउट भएपछि नेपाल विजयी भएको थियो ।

ओमानका मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । तर विशाल लक्ष्य पछ्याएको ओमानलाई जितको लागि त्यो पर्याप्त थिएन । सन्दीप गौड ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रनमा आउट भए । छैटौं विकेटका लागि सन्दीप र नदिमले ९६ रनको सानदार साझेदारी गर्दै झिनो जितको आशा कायम राखेका थिए ।

तर दीपेन्द्रसिंह ऐरीले ४२ औं ओभरको पहिलो बलमा सन्दीप गौडलाई सोमपाल कामीबाट लङअनमा क्याच गराउँदै उक्त नेपाललाई जित नजिक पुर्याएका थिए । करण केसीको अर्को ओभरमा मिडअफमा रोहित पौडेलले नदिमको उत्कृष्ट क्याच लिएपछि नेपालको जित अनौपचारिकता बाँकी देखिएको थियो ।

ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले ४.३ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर ललितनारायण राजवंशीले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेटकिपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै आफ्नो करिअरको १ सय विकेट पूरा गरे । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । उनले ४२ खेलमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानको नाममा ४४ खेलमा १ सय विकेट पूरा गरेको कीर्तिमान थियो ।

यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरेका थिए । आयन खान २९, फैयज बट १९ र कलिमुल्लाह २ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललितले एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो ।

नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरेका थिए । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बने । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।

यसअघि २०२२ रोहित पौडेलले टियुमा नै पपुवा न्युगिनीविरुद्ध ९१ बलमा हानेको शतकको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन् ।

यसअघि नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए । कुशल स्पिनर अकिब इलियासको ४१ औं ओभरको चौथो बलमा मिडअफमा आयन खानबाट क्याच भएका थिए । सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहँदै विशाल योगफलमा पुर्याएका थिए । करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहेका थिए ।

तर सुरुवातमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । नेपालले टोलीकै पहिलो रन २८ औं बलमा जोडेको थियो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानले कुशललाई एलबीडब्लू आउट गरेका थिए ।

चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए । दुबै ओपनर खाता नखोल्दै आउट भएपनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए ।

तर तीव्र गतिका बलर फैयज बटको १८ औं ओभरको पहिलो बलमा रोहित लेग साइडमा गाइड गर्न खोजेपनि टप एज लागेर प्वाइन्टमा कश्याप प्रजापतिबाट क्याच आउट भए ।

रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए । भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए । भीम स्पिनर जिशान मकसुदको २१ औं ओभरको तेस्रो बलमा विकेटकिपर अदिल सफिकबाट स्टम्पिङ आउट भए । भीमले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

पाँचौं विकेटका लागि आरिफ शेख र कुशल मल्लले ७५ रनको सानदार साझेदारी गरेका थिए । जतिन्दर सिंहको ३२ औं ओभरको पहिलो बलमा आरिफ शेख २९ रनमा कलिमुल्लाहबाट क्याच आउट भए । आरिफ जतिन्दरको पहिलो बलमै आउट हुन पुगेका थिए ।

आरिफले ४३ बलमा २ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरी स्पिनर आयन खानको ३६ औं ओभरको दोस्रो बलमा ७ रनमा बोल्ड आउट भए । ओमानका आयन खानले ५ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बिलाल खान, कलिमुल्लाह,जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।

समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.