3 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) ( नेपालका युवा बायाँ हाते अलराउन्डर कुशल मल्ल एसिसी प्रिमियर कपमा ओमानविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । कुशल नेपालको दुबै जितमा प्लेयर अफ द म्याच चुनिएका हुन् । नेपालले ओमानलाई ८४ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

नेपाललाई लगातार दोस्रो जित दिलाउन युवा ब्याटर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित सर्वाधिक १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । नेपालले दुबै ओपनरलाई शून्यमा गुमाएको थियो । भीम सार्की ३३ र रोहित पौडेल २३ रनमा आउट भएपछि नेपाल एक समय २०.३ ओभरमा ७२-४ को अवस्थामा थियो । तर त्यसपछि कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै नेपाललाई ३ सय १० रनको योगफलमा पुर्याएका थिए ।
यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो ।
कुशल नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका थिए । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् । यसअघि २०२२ रोहित पौडेलले टियुमा नै पपुवा न्युगिनीविरुद्ध ९१ बलमा हानेको शतकको कीर्तिमान तोडेका हुन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । उक्त खेलमा कुशल मल्लले ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।
समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]