default_image

3 years ago

April 21, 2023

अंशुमनको शतकमा युएईमाथि हङकङको सानदार जित

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अंशुमन रथको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले हराएको छ । लगातार दोस्रो जितसँगै हङकङले समूह बी बाट समूह विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना उच्च बनाएको छ ।

जितको लागि २ सय ६४ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनाउँदा खेल रोकिएको थियो । तर हाबाहुरीको कारण खेल रोकिएपछि पुन हुन सकेको थिएन । त्यसपछि डकवर्थ लेविस पद्धतिको आधारमा युएई पराजित भएको थियो ।

युएएईका आयन लाक्रा ७१ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे । रमिज शाहजद ४४ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ८, वृत्य अरविन्द ७, आसिफ खान १, रोहन मुस्तफा ४ र आयन खान अफ्जल शून्यमा आउट भए ।

हङकङका एहसान खानले ५ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । आयुश शुक्ला, अजिज खान, यासिम मुर्तजा र मोहम्मद गजानफरले समान एक विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको निर्धारित हङकङले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । हङकङको जितमा ओपनर अंशुमन रथले १ सय १७ बलमा ११ चौकासहित १ सय ६ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

ओपनर निजाकत खान २२, किन्चित शर्मा३५, अजिज खान २७ र एहसान खानले २३ रन बनाए । युएईका स्पिनर आयन खान अफ्जलले १० ओभरमा २ मेडनसहित ५० रन खर्चेर सर्वाधिक ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । सन्चित शर्माले दुई र जुनैद सिद्धिककले एक विकेट लिए ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । हङकङले सोमबार बहराइन र विहीबार कुवेतसँग खेल्नेछ । दुई मध्य एक खेल जितेमा हङकङले सेमिफाइनलमा स्थान बनउनेछ ।

उता युएईले पहिलो खेलमा कुवतेलाई ४० रनले हराएको थियो । युएईले आइतबार सिंगापुर र बुधबार बहराइनसँग खेल्नेछ । युएईलाई सेमिफाइनल खेल्न दुबै खेल जित्नुपर्ने दबाब छ । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.