default_image

3 years ago

April 21, 2023

नेपालको जितमा बनेका पाँच कीर्तिमान

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पार्नेक्रममा पाँच कीर्तिमान बनाएको छ । जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भएको थियो ।

ओमानका मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । तर विशाल लक्ष्य पछ्याएको ओमानलाई जितको लागि त्यो पर्याप्त थिएन । नेपालका सन्दीप लामिछाने र करण केसीले समान तीन विकेट लिए ।

त्यसअघि घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहँदै विशाल योगफलमा पुर्याएका थिए । नेपालको सानदार जितमा बनेका पाँच कीर्तिमान यस प्रकार छन् ।

५. कम उमेरमा शतक हान्ने नेपाली खेलाडी

कुशल मल्ल नेपालबाट अन्तर्राष्ट्रय क्रिकेटमा सर्वाधिक कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् । कुशलले १९ वर्ष ४७ दिनमा ओडिआईमा शतक हाने । यसअघि नेपालबाट ओडिआईमा कप्तान रोहित पौडेलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा १९ वर्ष २ सय ४ दिनमा शतक पूरा गरेका थिए ।

कुशलले रोहितको कीर्तिमान तोडेका हुन् । कुशल विश्वकै कम उमेरमा ओडिआईमा शतक हान्ने आठौं खेलाडी बनेका छन् । ओडिआईमा सबैभन्दा कम उमेरमा पाकिस्तानका शाहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक हानेका थिए ।

४. एकै खेलमा धेरै छक्का

कुशल नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक छक्का हान्ने खेलाडी बनेका छन् । कुशलले यस खेलमा १० छक्का हान्ने । यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक छक्का पारस खड्का र ज्ञानेन्द्र मल्लले टि२० आईमा समान ९ छक्का हानेका थिए । २०१९ मा पारसले सिंगापुर र ज्ञानेन्द्रले भुटानविरुद्ध शतक हानेका थिए ।

उक्त कीर्तिमान कुशलले तोडेका हुन् । ओडिआईमा एकै खेलमा सर्वाधिक छक्का इंग्ल्यान्डका ओईन मोर्गनले प्रहार गरेका छन् । २०१९ को एकदिवसीय विश्वकपमा इंग्ल्यान्डका पूर्वकप्तान मोर्गनले एकै खेलमा १७ छक्का हानेका थिए ।

३. सर्वाधिक छिटो शतक

उनले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हाने । उनी ओडिआईमा नेपालबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् ।

यसअघि २०२२ मा पपुवा न्युगिनीविरुद्ध रोहित पौडेलले ९१ बलमा शतक हानेका थिए । टि२० आईमा भने नेपालका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमै शतक हानेका थिए ।

२. सन्दीपको दुर्लभ विश्व कीर्तिमान

सन्दीप ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । सन्दीपले ओमानविरुद्ध पहिलो विकेट लिँदै ४२ खेलमा यस सफलता हात पारेका थिए ।

सन्दीपले अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका हुन् । त्यस्तै सन्दीप नेपालबाट पनि ओडिआईमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

१.सर्वाधिक ठूलो योगफल

३ सय १० रन नेपालले ओडिआईमा बनाएको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक ठूलो योगफल २ सय ९७ रन थियो । नेपालले उक्त योगफल अघिल्लो महिना पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा बनाएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.