default_image

3 years ago

April 22, 2023

‘नेपाली क्रिकेट यहाँ सम्म पुग्नुमा सन्दीपको योगदान महत्वपूर्ण छ’ – सोमपाल

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले नेपाली क्रिकेट यहाँसम्म पुग्नुमा लेगस्पिनर सन्दीप लामिछानेको योगदान महत्वपूर्ण रहेको बताएका छन् । एसिसी प्रिमियर कपमा ओमानलाई ८४ रनले हराउन तल्लोक्रममा महत्वपूर्ण अर्धशतक प्रहार गरेपछि सोमपालले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘५० औं ओडिआई खेल खेल्दा एकदमै खुसी लागेको छ । हामीले जहिले पनि क्रिकेट खेल्दा ओडिआई खेल्ने सपना थियो । ओडिआई खेलहरु पनि खेल्यौं । त्यसैले आज इतिहास बनाउदा खुसी लागेको छ’, सोमपालले भने ।

सोमपालले २०१८ मा नेपालको दोस्रो ओडिआई खेलमा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । त्यसपछि उनले ओमानविरुद्ध आफ्नो करिअरको उत्कृष्ट ब्याटिङ प्रदर्शन गदै ६३ रन बनाए । सोमपाल प्रशिक्षक मोन्टि देशाईले दिएको भूमिकामा काम गरेको बताउँछन् ।

‘मलाई लाग्छ प्रशिक्षकले जुन भूमिका मलाई दिनु भएको थियो । त्यसमा धेरै काम पनि गरे । साइडअम दाइ र प्रशिक्षकहरुले न्यूनतम कुराहरुमा धेरै कामहरु गराउनु भएको थियो । धेरै नयाँ शटहरु सिकियो पनि । पुराना सटहरु छोड्न पनि पर्यो । किनकी हामीले फरक र उच्च स्तरको क्रिकेट खेलि राखेका छौं । आफ्नो टेक्निकहरुमा काम गरेपछि नतिजा राम्रो आयो’, उनले भने ।

नेपालले २०१४ मा टि२० विश्वकप खेलेपछि देशमा क्रिकेटमा नयाँ उचाईमा पुगेको थियो । नेपालले एसिया कपमा स्थान बनाउँदै भारत र पाकिस्तानसँग खेल्न पाएमा त्यसले पनि नेपाललाई अर्कोे स्तरमा पुर्याउने अनुमान गरिएको छ । सोमपाल पनि एकदमै महत्वपूर्ण हुने बताउँछन् ।

‘ओडिआई बचाउने हाम्रो लागि ठूलो उपलब्धी थियो । अव अर्को उपलब्धी एसिया कप क्वालिफायर र विश्वकप छनोट हो । त्यसमा राम्रो गर्ने हो । धेरै अवसरहरु छन् । आशा गरौं त्यो सफलता हात पार्दै जाउ र नेपालमा क्रिकेट खेलाडी अझै बढ्दै जाउन् । एउटा टिमलाई माथिल्लो स्तरको क्रिकेट खेल्न धेरै भन्दा धेरै खेलाडी चाहिँयो । जुन अहिले छैन । आशा गरौं । भविष्यमा त्यो पनि पूरा हुनेछ’, उनले भने ।

सन्दीपले ४२ औं खेलमा एक सय विकेट पूरा गरे । उनी ओडिआईमा सर्वाधिक छिटो शतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले राशिद खानको ४४ खेलको कीर्तिमानलाई पछि पार्दै उक्त सफलता हात पारेका हुन् । सोमपाल नेपाली क्रिकेट जहाँ पुगेको छ त्यहाँ सन्दीपको स्पेलको महत्वपूर्ण योगदान रहेको बताए ।

‘पक्कैपनि एकदमै खुसी लाग्छ । मैले भित्रपनि उसलाई यहि भनेको थिएँ की एउटा जुन सन्दीप लामिछानेको स्पेल छ नि त्यसले हामीलाई एक्स्ट्रा भनौं न नेपाली क्रिकेट जहाँ पुगेको छ, कहिन कोही उसको स्पेलले गर्दा हो । जस्तो टोलीसँग खेलेपनि एक सय विकेट कुनै सामान्य कुरा होईन’, सोमपालले भने ।

त्यसैमा उनले थपे, ‘उसले एकदमै चाहिँएको समयमा विकेट लिएर दिन्छ । आज विकेट निकाल्न गाह्रो थियो । सन्दीपले मात्रै त्यो गर्न सक्थ्यो । सन्दीपले तीन विकेट लिएपछि ओमान पछि धकेलिएको थियो ।’

युवा ब्याटर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेपछि नेपालले ३ सय १० रन बनाएको थियो । तल्लोक्रममा सोमपाल कामीले ४८ बलमा ९ चौकासहित ६३ रन बनाएका थिए । सन्दीप लामिछाने र करण केसीले समान तीन विकेट लिएपछि ओमान २ सय २६ रनमा अल आउट भएको थियो ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।

समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.