3 years ago
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँग खेल्नुअघि साउदीका ओपनर अब्दुल वहिदले एसिसी प्रिमियर कपमा कतारविरुद्ध सानदार शतक हानेका छन् । अब्दुलले ९८ बलमा १६ चौका र १ छक्कासहित शतक हानेका छन् । उनले सानदुन विथानागेलाई फाइन लेगमा चौका प्रहार गर्दै आफ्नो करिअरको पहिलो शतक हाने ।

उनको शतकको सहयोगमा जितको लागि २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३१ ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको छ ।
अब्दुल १ सय १ बलमा १८ चौका र १ छक्कासहित १ सय १० रनमा क्रिजमा छन् । पहिलो खेलमा साउदी मलेसियासँग ८ विकेटले पराजित भएको थियो । साउदीले सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालसँग खेल्नेछ ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतार ४९.५ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो । कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाएका थिए ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]