3 years ago
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अब्दुल वहिदको सानदार शतकमा साउदी अरेवियाले एसिसी प्रिमियर कपमा कतारलाई ७ विकेटले पराजित गरेको छ । साउदीले पहिलो जितका साथ सेमिफाइनल पुग्न सक्ने समिकरण कायमै राखेको छ ।

जितको लागी २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । साउदी अरेवियाको जितमा ओपनर अब्दुल वहिदले १ सय ८ बलमा २१ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेले । टोलीलाई जितको लागि मात्रै दुई रन चाहिँदा खुराम शाहजादको बलमा बोल्ड भएका थिए ।
उनले ९८ बलमा आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय शतक हानेका थिए । साउदीलाई ओपनर अब्दुल र वाकर उल हसनले १७.५ ओभरमा १ सय १८ रनको सानदार शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थिए ।
उल हसन ५५ बलमा ९ चौकासहित ५५ रनमा क्याच आउट भए । साद खान शून्यमा बोल्ड आउट भए । कप्तान हिशम शेख ३८ बलमा २ चौकासहित २१ रनमा अविजित रहे । कतारका इक्रमाउल्लाह खानले दुई विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतार ४९.५ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो । कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट भए ।
साउदीका तीव्र गतिका बलर अतिफ उर रहमानले ओपनर जाहिर इब्राहिमलाई एक रनमा बोल्ड आउट गरेका थिए । अतिफकै बलमा कामरन खान क्याच आउट भए । विकेटकिपर इमाल लियांगे ३१ बलमा ६ चौकासहित ३१ रनमा आउट भए । कप्तान मोहम्मद रिजलान ३९ बलमा ४ चौकासहित २८, इक्रामउल्लाह खान १४ र आमिर फारुक ४ रनमा आउट भए ।

तल्लोक्रमका खुराम शाहजाद ४३ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा आउट भए । सनदुन विथानागे १५ बलमा २ चौकासहित १४ रनमा अविजित रहे ।
साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९.५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिए ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । साउदीले तेस्रो खेल सोमबार घरेलु टोली नेपालसँग मुलपानी मैदानमा खेल्नेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले पराजित भएको थियो । कतारले तेस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।

समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]