default_image

3 years ago

April 22, 2023

बहराइनमाथि कुवेतको रोमान्चक जित

316 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुवेतले एसिसी प्रिमियर कपमा बहराइनमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ५६ रनको बलियो विजयी लक्ष्य पछ्याएको कुवेतले ४४.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

कुवेतको जितमा युवा खेलाडी यासिन पटेल ८९ बलमा २ चौका र १ छक्कासहित ६३ रनमा अविजित रहे । सैयद मोनिब ५ रनमा अविजित रहे । युवाका युवा खेलाडी मिट भावसारले ५९ बलमा ५ चौकासहित ५४ रनमा आउट भए ।

अदनान इद्रिसले ४६ बलमा ११ चौकासहित ५६, उस्मान पटेल १८, राजिवा सानदुरुवन ८ र मोहम्मद अस्लामले १४ रन बनाए । बहराइनका अब्दुल मजिदले ९ ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए । अली डावुड, रिजवान बट, इमरान अनवार र सोहिल अहमदले एक एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो । बहराइनका तल्लोक्रमका इमरान अनवारले १९ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिएका थिए ।

फैज अहमद ५४ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । कप्तान हैदर अली ३४, जुनैद अजिज ३६ र सोहिल अहमद ३४ रनमा आउट भए । रिजवान बट ७ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भए ।


कुवेतका सैयद मोनिबले १० ओभरमा १ मेडनसहित ६९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शाहरुख क्वुदुसले दुई विकेट लिए ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएको थियो । कुवेतले अव मंगलबार सिंगापुर र बिहीबार हङकङसँग खेल्नेछ ।

उता बहराइनले पहिलो खेलमा सिंगापुरलाई १ सय ३२ रनले हराएको थियो । बहराइनले अव सोमबार हङकङ र बुधबार युएईसँग खेल्नेछ । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.