3 years ago
April 22, 2023
एजेन्सी – अन्तिम ओभरमा लगातार चार विकेट लिएसँगै साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३० औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई नाटकीय रुपमा ७ रनले पराजित गरेको छ ।

जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । लखनऊका कप्तान लोकेश राहुलले ६१ बलमा ८ चौकासहित सर्वाधिक ६८ रन बनाए । राहुलको सुस्त गतिको रन नै लखनऊको हारको कारण बन्यो ।
लखनउले अन्तिम ६ ओभरमा २३ रन बनाउँदै ६ विकेट गुमाएपछि नाटकीय रुपमा पराजित भएको हो । लखनऊलाई जितको लागि अन्तिम ६ बलमा १२ रन चाहिँएको थियो । अनुभवी तीव्र गतिका बलर मोहित शर्माले चार विकेटसँगै चार रन दिएपछि गुजरात विजयी भएको हो ।
उनले पहिलो बलमा राहुललाई दुई रन दिए । दोस्रो बलमा राहुल जयन्त यादवबाट क्याच आउट भए । तेस्रो बलमा मार्कस स्टोइनिस डेविड मिलरबाट क्याच आउट भए । चौथो बलमा आयुश बदोनी दुई रन बटुल्ने धुनमा रन आउट भए । पाँचौं बलमा दीपक हुँडा एक रन लिनेक्रममा रन आउट भए । दुई रन आउटसहित लगातार चार विकेट लिएपछि गुजरातले जित पक्का बनाएको थियो । अन्तिम बलमा रवि विश्रोईलाई डट राख्दै मोहित शर्माले जित पक्का गराए ।

ओपनर काइल मेयर्स १९ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । मेयर्स स्पिनर राशिद खानको बलमा बोल्ड आउट भएका थिए । क्रुनाल पान्ड्या २३ बलमा २ चौका र १ छक्कासहित २३ रनमा आउट भए । उनी स्पिनर नुर अहमदको बलमा स्टम्पिङ आउट भएका थिए ।
गुजरातका नुर अहमदले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । मोहित शर्माले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । गुजरातको जितमा कप्तान हार्दिक पान्ड्याले ५० बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा आउट भए । ओपनर ऋद्धिमान शाह ३७ बलमा ६ चौकासहित ४७, शुभमन गिल डक, अभिनव मनोहर ३, विजय शंकर १० र डेविड मिलर ६ रनमा आउट भए ।
लखनऊका क्रुनाल पान्ड्याले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नविन उल हक र अमित मिश्राले समान एक विकेट लिए । गुजरात ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]