default_image

3 years ago

April 22, 2023

‘साउदी उपाधि जित्न नेपाल आएको हो’– कप्तान हिशाम

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरेविया क्रिकेट टोलीका कप्तान हिशाम शेखले एसिसी प्रिमियर कपमा आफूहरु उपाधि जित्न नेपाल आएको बताएका छन् । दोस्रो खेलमा साउदीले कतारलाई ७ विकेटले हराएपछि उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

जितको लागि २ सय १७ रनको लक्ष्य साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । साउदीका ओपनर अब्दुल वहिदले १ सय ८ बलमा २१ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेलेका थिए । कप्तान हिशामले अब्दुल साउदीका उत्कृष्ट ब्याटर भएको बताए ।

‘यो लामो समयको देयको कारण हो । उनी घर फर्किनु अघि धेरै रन र शतक प्रहार गरेको आशा गरेका छौं । उनले आफूलाई फेरि पुनः प्रमाणित गरेका छन् । उनी हाम्रो देशका उत्कृष्ट ब्याटर हुन् । आज आफ्नो क्लास पनि देखाएका छन्’, अब्दुल वहिदको शतकको प्रसंशा गर्दै साउदीका कप्तान हिशाम शेखले भने ।

पहिलो खेलमा साउदी मुलपानी मैदानमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । साउदीको असली परिक्षा टियु मैदानमा थियो । उनी कन्डिसन अनुसार मुलपानीमा खेल्न नसकेको बताए ।

‘मुलपानी हाम्रो लागि खराब दिन थियो । मलाई विश्वास थियो की हामीले कन्डिसन अनुसार खेल्न सकेका थिएनौं । पिच फरक थियो । त्यसै अनुसार खेललाई विश्लेषण गरेका थियौं । विशेष योजनाका साथ आएका थियौं’, उनले भने ।

उनी एसिसी प्रिमियर कपमा उपाधि जित्न नेपाल आएको बताए । ‘हामी उपाधि जित्ने लक्ष्यका साथ नेपाल आएका हौं । तर सहज भने छैन । हामीले केहि कुरा अघि हेरेका छौं । मलाई मेरा खेलाडीको क्षमता र मानसिकतामा विश्वास छ । त्यो खेलको दिन कसले राम्रो क्रिकेट खेल्छ त्यसैले नै जित्ने हो । विश्वास छ हामी राम्रो खेल्दै उपाधि जित्नको लागि जाने छौं’, उनले भने ।

उनले कतारसँगको लयलाई खेलमा निरन्तरता दिने बताए । ‘यस जितले खेलाडीमा धेरै आत्माविश्वास आएको छ । सबैले ड्रेसिङ रुममा राम्रो अनुभव मानेका र खुसी छन् । क्रिकेट मानसिकता र आत्माविश्वासको खेल हो । विश्वको कुनैपनि शीर्ष टोलीलाई हराउन सकिन्छ’, उनले भने ।

साउदीले सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । कप्तान हिशामले नेपालविरुद्ध पनि जित्नेका लागि नै खेल्ने बताए । ‘नेपाल शीर्ष टोली हो । हामी उसको सम्मान गछौं । तर हामी हाम्रो उत्कृष्ट दिँदै जित्नको लागि खेल्ने छौं’, उनले भने ।

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया, ओमान र साउदीको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक भएपनि नेटरनरेटको कारण क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । कतार दुबै खेलमा हारका साथ पुछारमा छ ।

साउदील सोमबार नेपाल र बुधबार ओमानसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउनेछ । समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । बहराइन, युएई र कुवेतको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक भएपनि नेटरनरेटको कारण दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

सिंगापुर २ खेलमा जित विहीन हुँदै पुछारमा छ । यस प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । साउदी अघिल्लो महिना एसिसी च्यालेन्जर कपको उपाधि जित्दै प्रिमियर कपमा आएको हो । फाइनलमा साउदीले बहराइनलाई २६ रनमा अल आउट गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.