3 years ago
April 23, 2023
एजेन्सी – युएईका ओपनर तथा कप्तान मोहम्मद वासिमले १० छक्कासहित एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध विष्फोटक शतक हानेका छन् । वासिमले ६२ बलमा ५ चौका र १० छक्कासहित शतक पूरा गरेका थिए । वासिम ६९ बलमा ६ चौका र ११ छक्कासहित १ सय १३ रनमा क्रिजमा छन् ।

टियु क्रिकेटम मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २४ ओभरमा १ विकेट गुमाउँदै २ सय ११ रन बनाएको छ । उनलाई वृत्य अरविन्दले ६९ बलमा ११ चौकासहित ७१ रनमा साथ दिएका छन् । दोस्रो विकेटका लागि वृत्य र वासिमले १ सय ९० रनको साझेदारी गरि सकेका छन् ।
युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो । दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल रहन बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ ।युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए ।

युएईको टोली ः
मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लाक्रा, आसिफ खान, जुनैद सिद्दिक, कार्तिक मयाप्पन, रमिज शाहजद, रोहन मुस्तफा, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]