3 years ago
April 23, 2023
काठमाडौं – कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दको विष्फोटक शतकमा युएईले एसिसी प्रिमियर कपमा सिंगापुरलाई ४ सय ७२ रनको विशाला लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई निर्धारित ५० ओभरमा ४ सय ७१ रनमा अल आउट भयो ।

युएईका युवा खेलाडी वृत्य अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनी रमेश कलिमुथुको ४८ औं ओभरको तेस्रो बलमा डिप कभरमा अब्दुल रहमानबाट क्याच आउट भएपछि दोहोरो शतक पूरा गर्ने अवसर गुमाएका थिए ।
यसअघिको खेलमा वृत्यले टियु मैदानमा कुवेतविरुद्ध १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको इनिङ खेलेका थिए । कप्तान मोहम्मद वासिम ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनमा आउट भए ।
उनी आदित्य भर्गवको २८ औं ओभरमा पाँचौं बलमा थर्डम्यानमा मनप्रीत सिंहबाट क्याच आउट भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए ।

वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । ६२ बलमा शतक पूरा गरेका थिए । ७८ बलमा १ सय ५० रन पूरा गरेका थिए । त्यस्तै वृत्यले ५२ बलमा अर्धशतक, ९६ बलमा शतक र १ सय २६ बलमा १ सय ५० रन पूरा गरेका थिए ।
दोस्रो विकेटका लागि वृत्य अरविन्द र मोहम्मद वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए । युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट भए । आसिफ खान ११ र रोहन मुस्तफा ३ रनमा आउट भए ।

छैटौं विकेटका लागि आयन खान र वृत्य अरविन्दले १ सय ५१ रनको साझेदारी गरेका थिए । आयन खान ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रनमा आउट भए । अन्तिम १६ बलमा १७ रन जोड्दा पाँच विकेट गुमाएपछि युएईले ५ सय रन बनाउने अवसर गुमाएको थियो । सिंगापुरका आदित्य भर्गवले ८ ओभरमा ८५ रन खर्चेर ४ विकेट लिए ।
विनोथ भास्करनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । मनप्रीत सिंहले ८ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । थिलिपनले ९ ओभरमा ९९ रन खर्चिए । रमेशले कलिमुथुले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]