default_image

3 years ago

April 23, 2023

मोदी पनि मुस्तफाको शिकार

332 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिंगापुरका युवा ब्याटर अर्यान मोदी एसिसी प्रिमियर कपमा युएईका स्पिनर रोहन मुस्तफाको बलमा शिकार बनेका छन् । जितको लागि ४ सय ७२ रनको विशाल विजयी लक्ष्य पछ्याएको सिंगापुरले १३ ओभरमा ४ विकेट गुमाउँदै ७७ रन बनाएको छ ।

मोदी मुस्तफाको ११ औं ओभरको दोस्रो बलमा विकेटकिपर वृत्य अरविन्दबाट कट विहाइन्ड हुँदै गोल्डेन डक पेभेलिएन फर्किएका छन् । १७ वर्षीय विकेटकिपर मोदी आउट भएसँगै सिंगापुर समस्यामा परेको छ ।

कप्तान अरित्र दत्त ३२ बलमा ४ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । उनी स्पिनर आयन खान अफ्जलको बलमा बोल्ड आउट भए । अर्का ओपनर रोहन रंगराजन जुनैद सिद्धिकको बलमा २ रनमा बोल्ड भएका थिए । अब्दुल रहमान १७ बलमा ३ चौकासहित १६ रनमा आउट भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई निर्धारित ५० ओभरमा ४ सय ७१ रनमा अल आउट भएको थियो ।

युएईका युवा खेलाडी वृत्य अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । कप्तान मोहम्मद वासिम ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनमा आउट भए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.