default_image

2 years ago

April 23, 2023

जतिन्दरको शतकमा ओमानको सानदार जित

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जतिन्दर सिंहको सानदार शतकमा ओमानले एसिसी प्रिमियर कपमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ओमानले दोस्रो जितका साथ सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाएको छ।

जितको लागि २ सय २८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंह १ सय ११ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनमा नटआउट रहे । कप्तान जिशान मकसुद ५८ बलमा १० चौकासहित ५२ रनमा आउट भए । दोस्रो विकेटका लागि जिशान मकसुद र जतिन्दर सिंहले १ सय रनको साझेदारी गरेका थिए ।

ओपनर कश्याप प्रजापति ६९ बलमा ९ चौका र १ छक्कासहित ६६ रनमा आउट भए । पहिलो विकेटका लागि कश्याप प्रजापति र जतिन्दर सिंहले २२.३ ओभरमा १ सय २३ रनको सानदार शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । शोएब खान २ रनमा आउट भए । मलेसियाका मोहम्मद आमिरले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । मलेसियाका युवा ब्याटर विरनदीप सिंहले १ सय ४४ बलमा १३ चौकासहित ९४ रनमा आउट भए ।

जिशान मकसुदको बलमा बोल्ड आउट भएपछि उनी शतक बनाउन ६ रनले चुकेका थिए । मोहम्मद स्याहादतले ६० बलमा ६ चौका र १ छक्कासहित ५५, मोहम्मद आमिर २०, सैद अजिज १८ र मोहम्मद वाफिकले १९ रन बनाए ।

ओमानका जिशान मकसुदले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । बिलाल खान र आयन खानले समान दुई विकेट लिए ।
समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमानले कतारलाई ४० रनले हराउँदा नेपालसँग ८४ रनले पराजित भएको थियो । ओमानले अन्तिम खेलमा साउदी अरेवियालाई बुधबार पराजित गर्न सके सेमिफाइनलमा स्थान बनाउने छ ।

February 10, 2025

म्याथ्यु बने ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने ब्याटर

एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]

February 10, 2025

विलियम्सनको शतकमा न्युजिल्याण्डको सानदार जित

एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]

Success

Thank you for your time.