3 years ago
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दले रनको वर्षा बनाउँदै शतक बनाएपछि युएईले एसिसी प्रिमियर कपमा सिंगापुरलाई २ सय १ रनको फराकिलो अन्तरले हराएको छ । यो फराकिलो जितसँगै युएईले सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाउँदा सिंगापुर एक खेल अगावै बाहिरिएको छ ।

जितको लागि ४ सय ७२ रनको विशाल विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७० रन बनायो । सिंगापुरका मध्यक्रमका ब्याटर मनप्रीत सिंहले ६४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रन बनाएका थिए ।
उनी स्पिनर कार्तिक मयाप्पनको बलमा बोल्ड आउट भए । ओपनर रोहन रंगराजन २ रनमै जुनैद सिद्धिकको बलमा बोल्ड आउट भए । कप्तान अरित्र दत्त ३२ बलमा ४ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । अब्दुल रहमान १६, अर्यान मोदी डक र विनोथ वास्करन १८ रनमा आउट भए । सुरेन्द्र चन्द्रमोहन ५७ बलमा ३८ रनमा आउट भए । थिलिपन ओमैदुरै ५६ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा आउट भए ।
युएईका आयन खान, कार्तिक मयाप्पन र सन्चित शर्माले दुई दुई विकेट लिए । जुनैद सिद्धिक, रोहन मुस्तफा र जहुर खानले समान एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई निर्धारित ५० ओभरमा ४ सय ७१ रनमा अल आउट भएको थियो । युएईको जितमा युवा खेलाडी वृत्य अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनले टियु मैदानमा लगातार दोस्रो शतक हानेका हुन् । यसअघिको खेलमा उनले कुवेतविरुद्ध १ सय ८५ रन बनाएका थिए ।

कप्तान मोहम्मद वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको विष्फोटक इनिङ खेलेका थिए । उनी आदित्य भर्गवको २८ औं ओभरमा पाँचौं बलमा थर्डम्यानमा मनप्रीत सिंहबाट क्याच आउट भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए ।
दोस्रो विकेटका लागि वृत्य अरविन्द र मोहम्मद वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट भए । आसिफ खान ११ र रोहन मुस्तफा ३ रनमा आउट भए ।
छैटौं विकेटका लागि आयन खान र वृत्य अरविन्दले १ सय ५१ रनको साझेदारी गर्दै ४ सय रनको योगफल आकडा पार गरेका थिए । आयन खान ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रनमा आउट भए । अन्तिम १६ बलमा १७ रन जोड्दा पाँच विकेट गुमाएपछि युएईले ५ सय रन बनाउने अवसर गुमाएको थियो ।

सिंगापुरका आदित्य भर्गवले ८ ओभरमा ८५ रन खर्चेर ४ विकेट लिए । विनोथ भास्करनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । मनप्रीत सिंहले ८ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । थिलिपनले ९ ओभरमा ९९ रन खर्चिए । रमेशले कलिमुथुले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए ।
युएईले अन्तिम खेल बहराइनसँग बुधबार खेल्नेछ । युएई समूह बी मा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।
युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराउँदा दोस्रो खेलमा हङकङसँग ६७ रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित भएको थियो अन्तिम खेलमा विजयी भएमा युएई सेमिफाइनल खेल्नेछ । उता सिंगापुरले अन्तिम खेल मंगलबार कुवेतसँग खेल्नेछ । सिंगापुर भने प्रतियोगिताबाट बाहिरि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]