3 years ago
April 23, 2023
एजेन्सी – ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३२ औं खेलमा राजस्थान रोयल्सललाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ । चिन्नास्वामी रंगालामा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन बनायो ।

बेंगलोरका ग्लेन म्याक्सवेलले ४४ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए । फाफ डु प्लेसिस ३९ बलमा ८ चौका र २ छक्कासहित ६२ रनमा आउट भए ।
एक समय १२-२ को अवस्थामा पुगेको बेंगलोरलाई तेस्रो विकेटका लागि ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले ६६ बलमा १ सय २७ रनको सानदार साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका थिए ।
१४ औं ओभरको दोस्रो बलमा डु प्लेसिस यशस्वी जैसवालबाट रन आउट भए । त्यो समय बेंगलोर १३९(३ को अवस्थामा थियो । तर डु प्लेसिसको विकेटपछि लगातार मध्यक्रममा ब्याटरलाई गुमाउन पुग्यो । अर्को ओभरको अन्तिम बलमा म्याक्सवेल क्याच आउट भए ।

महिपाल लोमरोर ८, दीनेश कार्तिक १६, सुयश प्रभुदेशाई डक र वानिन्दु हसरंगा ६ रनमा रन आउट भए । कप्तान विराट कोहली भने ट्रेन्ट बोल्टको पहिलो ओभरको पहिलो बलमै एलबीडब्लू आउट भएका थिए ।
राजस्थान रोयल्सका ट्रेन्ट बोल्टले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलको नाममा समान एक विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]