3 years ago
April 23, 2023
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३२ औं खेलमा राजस्थान रोयल्सलाई ७ रनले हराएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । राजस्थानका देवदत्त पाडिक्कले सर्वाधिक ५२ रन बनाए ।

तीव्र गतिका बलर मोहम्मद शिराजले पहिलो ओभरको चोथो बलमै राजस्थानका ओपनर तथा प्रमुख ब्याटर जस बटलरलाई शून्यमा बोल्ड आउट गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि यशस्वी जैसवाल र देवदत्त पाडिक्कलले ९८ रनको साझेदारी गर्दै सहज जिततर्फ अघि बढाएका थिए ।
पाडिक्कल ३४ बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । उनी तीव्र गतिका बलर डेविड विल्लीको बलमा विराट कोहलीबाट क्याच आउट भए । यशस्वी जैसवाल ३७ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भएका थिए ।
युवा ब्याटर ध्रुब जुरेल १६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा अविजित रहे ।
राम्रो लयमा रहेपनि उनले अन्तिम ओभरको अन्तिम बल मात्रै खेल्ने मौका पाएका थिए । राजस्थानलाई जितको लागि अन्तिम ६ बलमा २० रन चाहिँएको थियोा । पहिलो बलमा हर्षल पटेललाई रविचन्द्रन आश्विनले चौका प्रहार गरे । दोस्रो बलमा दुई र तेस्रो बलमा पुन चौका हानेपछि खेल रोचक बनेको थियो । तर त्यसपछि हर्षल पटेलले राम्रो पूनरागमन गर्दै बाँकी तीन बलमा दुई रन मात्रै दिएपछि बेंगलोर विजयी भएको हो ।

चौथो बलमा रविचन्द्रन आश्विन सुयस प्रभुदेशाईबाट १२ रनमा क्याच आउट भए । पाँचौं बलमा अब्दुल बसिथले एक रन लिए । अन्तिम बलमा जुरेल एक रन जोडेपनि जितको लागि पर्याप्त थिएन ।
सन्जु स्यामसन १५ बलमा २ चौका र १ छक्कासहित २२ र शिम्रन हेटमायर ९ बलमा ३ रनमा आउट भए । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । डेविड विल्लीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि चिन्नास्वामी रंगालामा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । बेंगलोरको जितमा ग्लेन म्याक्सवेलले ४४ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए । फाफ डु प्लेसिस ३९ बलमा ८ चौका र २ छक्कासहित ६२ रनमा आउट भए ।

एक समय १२(२ को अवस्थामा पुगेको बेंगलोरलाई तेस्रो विकेटका लागि ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले ६६ बलमा १ सय २७ रनको सानदार साझेदारीका साथ विशाल योगफलमा पुर्याएका थिए ।
१४ औं ओभरको दोस्रो बलमा डु प्लेसिस यशस्वी जैसवालबाट रन आउट भए । त्यो समय बेंगलोर १३९९३ को अवस्थामा थियो । तर डु प्लेसिसको विकेटपछि लगातार मध्यक्रममा ब्याटरलाई गुमाउन पुग्यो । अर्को ओभरको अन्तिम बलमा म्याक्सवेल क्याच आउट भए ।
महिपाल लोमरोर ८, दीनेश कार्तिक १६, सुयश प्रभुदेशाई डक र वानिन्दु हसरंगा ६ रनमा रन आउट भए । कप्तान विराट कोहली भने ट्रेन्ट बोल्टको पहिलो ओभरको पहिलो बलमै एलबीडब्लू आउट भएका थिए ।

राजस्थान रोयल्सका ट्रेन्ट बोल्टले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलको नाममा समान एक विकेट रह्यो ।
बेंगलोर ७ खेलमा ४ मा जित र ३ मा हारसहित पाँचौं स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा जित र ३ हारसहित ८ अंकका साथ सहित शीर्ष स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]