default_image

3 years ago

April 24, 2023

साउदीलाई सहजै हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा नेपाल

371 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ ।

समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो । नेपालले आजको खेलमा स्पिनर सन्दीप लामिछानेसहित तीन खेलाडीलाई विश्राम दिने सम्भावना छ ।

नेपालले आज सोमपाल कामी, सन्दीप लामिछाने र कुशल मल्ललाई विश्राम दिनसक्छ । यी तीनको स्थानमा बेन्चमा रहेका ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र गुलशन झालाई आजको खेलमा मौका दिनसक्छ । नेपालको ब्याटिङ मुख्य हतियार हो ।

ओपनर आसिफ र कुशल सुरुवाती दुई खेलमा चलेका छैनन् । उनीबाट उच्च प्रदर्शन चाहन्छ । ज्ञानेन्द्र मल्ल मौका पाएमा भरपूर्ण सदुपयोग गर्नुपर्ने हुन्छ । उता भीम सार्की र रोहित पौडेल मध्यक्रमका भरपर्दा ब्याटर हुन् ।

तल्लोक्रममा आरिफ शेख र दीपेन्द्र हुनेछन् । गुलशन, प्रतिश र करण पनि राम्रो ब्याटिङ गर्दछन् । स्पिनरमा ललितनारायण राजवंशी हुनेछन् ।

उता कतारलाई हराउन साउदीका ओपनर अब्दुल वहिदले १ सय ८ बलमा १ सय २४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । उनी नेपाललाई चुनौती दिनसक्ने ब्याटर हुन् । साउदीका कप्तान हिशाम शेखले आफूहरु उपाधि जित्न नेपाल आएको बताई सकेका छन् । वहिद, हिशाम र वाकर उल हसन साउदीका प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शनमा साउदी धेरै निर्भर पर्नेछ ।

साउदीका दुई तीव्र गतिका बलर इश्तिक अहमद र उतिफ उर रेहमान पनि राम्रो प्रभाव छाड्दै आएका छन् । मुलपानीको मैदानमा युवा स्पिनर जैन उल अबिदीन राम्रो गर्न सक्छन् ।

नेपालले २०१२ पछि साउदीसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले दशक अघि भएको खेलमा साउदीलाई ९ विकेटले हराएको थियो । उक्त खेलमा नेपालका ज्ञानेन्द्र मल्लले २३ बलमा ६१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनएका थिए ।

मौसम :

वर्षा आजको खेलमा नेपाललाई बाधक बन्नसक्छ । आइतबार साँझ देखि काठमाडौंमा हल्का वर्षा भएको छ । सोमबार विहान काठमाडौंको आकाश कालो बादलले ढाकिएको छ । बिहानको समयमा हाल्का वर्षाको सम्भावना छ । दिउँसो १२ बजेदेखि ४ बजेसम्म ५२ देखि ८० प्रतिशत सम्म वर्षा हुने सम्भावना छ । अर्थात उक्त समयमा वर्षा हुने उच्च सम्भावना देखिन्छ ।

अंक तालिका :

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ ।

समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

साउदी अरेविया टोली :

मोहम्मद हिशाम शेख, जैनुल अबिदिन, साद खान, अतिफ उर रहमान, अब्दुल वाहिद, हासिब गाफुर, इशताक अहमद, अब्दुल वाहिद अब्दुल गफार, इमरान आरिफ, वाकर उल हसन, जुहाइर मोहम्मद, अब्दुल मानन अली, अहमद अब्दुल वाहिद, उस्मान नाजिब ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.