2 years ago
April 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेल प्रभावित बनेको छ । खेल बिहान ९ बजे र टस ८ : ३० मा हुनुपर्ने हो । तर हालसम्म मुलपानीमा पिच कभरले ढाकिएको छ । ढाकिएको माथिल्लो मुलपानी क्रिकेट मैदानमा कभर एक पटक हटाएर पुन ढाकिएको छ ।
मुलपानीमा अहिले वर्षा भने छैन । तर आइतबार राती र सोमबार बिहान भएको वर्षाले खेल प्रभावित बनेको हो । यो खेल दिउँसो २ : १५ सम्म सुरु हुन नसकेका स्थगित हुनेछ । टस २ बजे सम्म सम्पन्न भई सकेको हुनुपर्छ । कम्तिमा पनि खेल २०-२० ओभरको हुनुपर्ने हुन्छ । २०-२० ओभरको पनि हुन नसक्ने भएमा स्थगित हुनेछ । कट अफ टाइम अर्थात पहिलो बल २: १५ मा फालि सकेको हुनुपर्छ । अन्यथा खेल हुनेछैन । २ बजे सम्म टस नभएमा खेल नहुने पक्का हुनेछ ।
सुपर सोपरले भिजेको आउट फिल्ड सुकाउने काम गरिएको थियो । तर सामान्य वर्षा हुने र रोकिने भई राखेको हुँदा खेल प्रभावित बनेको हो । म्याच रेफ्री मैदान निरिक्षण निरन्तर गर्दै आएका छन् । नेपाली टोलीले डग आउट बाहिर सामान्य अभ्यास गरेको छ । अहिले कभरले ढाकिएको छ । म्याच रेफ्रीले कभर नहटाउन मैदानका कर्माचारीले भनेका छन् ।
मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने हुँदा यस खेललाई निकै महत्वपूर्ण रुपमा लिइएको छ । एसिसी प्रिमियर कपमा नेपालको मुलपानीमा खेल्ने यो मात्रै एक खेल हो । नेपालले अन्य सबै खेल टियुमा खेल्नेछ ।
तर दिउँसो १२ बजेदेखि ३ बजेसम्म ७८ देखि ८० प्रतिशत सम्म वर्षा हुने सम्भावना देखिन्छ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ।
समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]