3 years ago
April 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पुन वर्षासँगै एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेल नहुने उच्च सम्भावना भएको छ । मुलपानीमा अहिले वर्षा जारी छ ।

जसको कारण खेल हुनसक्ने सम्भावना निकै कम देखिन्छ । दिउँसो १२ बजेदेखि मौसम पूर्वअनुमानका अनुसार भारी वर्षा हुने सम्भावना छ । जसको कारण खेल नहुने उच्च सम्भावना बनेको हो ।
आइतबार राती र सोमबार बिहान भएको वर्षाले खेल प्रभावित बनेको थियो । पुन वर्षा भएको छ । यो वर्षा तत्काल रोकिएपनि सुकाउन समय लाग्नेछ । तर वर्षा रोकिने कुनै सम्भावना देखिदैन । वर्षा झन् पछि झन् बढ्नेछ । अहिले मैदानमा पिच र ३० यार्ड कभरले ढाकिएको छ । दुबै टोलीका खेलाडी पेभेलिएनमा बसेका छन् । अहिले वर्षाको कारण मैदानका कर्माचारीपनि बाहिर छन् ।
यो खेल दिउँसो २ : १५ सम्म सुरु हुन नसकेका स्थगित हुनेछ । टस २ बजे सम्म सम्पन्न भई सकेको हुनुपर्छ । कम्तिमा पनि खेल २०-२० ओभरको हुनुपर्ने हुन्छ । २०-२० ओभरको पनि हुन नसक्ने भएमा स्थगित हुनेछ । कट अफ टाइम अर्थात पहिलो बल २स् १५ मा फालि सकेको हुनुपर्छ । अन्यथा खेल हुनेछैन । २ बजे सम्म टस नभएमा खेल नहुने पक्का हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]