default_image

5 months ago

April 24, 2023

खेल नभएपनि नेपाल सेमिफाइनलमा पुग्ने

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा साउदीसँगको खेल नभए पनि नेपाल सेमिफाइनलमा पुग्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीच बिहान ९ बजे खेल हुनुपर्ने हो । तर वर्षाको कारण खेल हुन सकेको छैन । दिउँसो २ः १५ सम्म खेल सुरु हुन नसकेमा स्थगित हुँदै दुबै टोलीले समान एक एक अंक बाँड्नेछन् […]

31 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा साउदीसँगको खेल नभए पनि नेपाल सेमिफाइनलमा पुग्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीच बिहान ९ बजे खेल हुनुपर्ने हो । तर वर्षाको कारण खेल हुन सकेको छैन ।

दिउँसो २ः १५ सम्म खेल सुरु हुन नसकेमा स्थगित हुँदै दुबै टोलीले समान एक एक अंक बाँड्नेछन् । आज नेपाल र साउदीबीच खेल हुनसक्ने सम्भावना निकै कम छ । एक अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक हुनेछ । अन्तिम खेलमा नेपाल कतारसँग पराजित भएमा पनि सेमिफाइनलमा पुग्ने पक्का हुनेछ ।

आजको खेलमा साउदी र नेपालले अंक बाँड्दा समूह ए बाट कतार र मलेसिया बाहिरिनेछन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । आजको खेलमा अंक बाँड्दा साउदी र ओमानबीचको खेल क्वाटरफाइनल सरह हुनेछ ।

यस खेलमा नेपाल विजयी हुँदा पाँच अंक हुनेछ । अन्तिम खेलमा नेपाल पराजित भएमा पनि समूह ए को शीर्ष दुईमा रहनेछ । त्यसैले आजको खेल नहुँदा पनि नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको हो । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ ।

कतारले बाँकी दुबै खेल जितेमा ४ अंक मात्रै हुन्छ । कतारले नेपाल र मलेसियासँग खेल्न बाँकी छ । मलेसियाले अन्तिम खेलमा कतारलाई हराएपनि ४ अंक मात्रै हुन्छ । तर ओमानको ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक छ । अन्तिम खेलमा ओमानले साउदीलाई हराउँदा ६ अंक हुनेछ । मलेसियासँग अंक बाँड्दा ओमानको ५ अंक हुनेछ ।

अथवा आज अंक बाँड्दा साउदीको ३ अंक हुनेछ । अन्तिम खेलमा ओमानलाई हराउँदा ५ अंक हुन्छ । आज खेल स्थगित हुँदा ४ अंक भन्दा माथि नेपाल बाहेक साउदी र ओमान मध्य एक टोली मात्रै पुग्न सक्छन् । त्यसैले नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको हो ।

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।

समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । उता टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारण सुरु हुन सकेको छैन ।
बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

September 23, 2023

नेपालले विश्वकपमा पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने

एजेन्सी – नेपाल यू१९ विश्वकप २०२४ मा आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले यू१९ विश्वकपको समूह र खेल तालिका सार्वजनिक गरेको छ । यु१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह डी मा छन् । नेपालले आफ्नो पहिलो […]

September 23, 2023

क्यानको चुनाव आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज हुँदैछ । शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सकिएको थियो । आज काठमाडौंको एक होटलमा चुनाव हुनेछ । उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ : २० बजे हुनेछ । त्यस्तै उम्मेदवारको मनोनयन उपर उजुर र छानविन बिहान ११: ४० को समय तोकिएको छ । […]

September 22, 2023

चार अर्धशतकसँगै भारतले अष्ट्रेलियालाई हरायो

एजेन्सी – कप्तान लोकेश राहुलसँगै चार ब्याटरको अर्धशतक र मोहम्मद शामीको पाँच विकेटको सहयोगमा भारतले पहिलो ओडिआई खेलमा अष्ट्रेलियालाई पाँच विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतको […]

Success

Thank you for your time.