default_image

3 years ago

April 24, 2023

नेपाल र साउदीको खेल नहुने पक्का, औपचारिकता बाँकी

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षासँगै एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेल नहुने पक्का भएको छ । खेल बिहान ९ बजे सुरुहुनुपर्ने हो । तर मुलपानीमा लगातार वर्षा छ । मुलपानीमा लगातार वर्षा बढेसँगै खेल नहुने पक्का भएको हो । त्यसैको कारण नेपाली क्रिकेट टोलीले समर्थकलाई भेटेर धन्यावाद दिएका छन् ।

अन्य समयमा खेलपछि मात्रै टोलीले समर्थकलाई धन्यावाद दिने गर्दथे । तर खेल नहुने पक्का भएपछि पहिला कप्तान रोहित पौडेल आएर खेलाडीसँग सेल्फी खिचेका थिए । पछि नेपाली पुरै टोलीले मुलपानीमा खेल हेर्न आएका दर्शकलाई धन्यावाद दिएका छन् । लगातार पानी परेपनि खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । खेलाडीहरुले दर्शकसँग पानीमा भिजेर सेल्फी र तस्विर लिने काम गरेका छन् ।

तर म्याच रेफ्रीले औपचारिक रुपमा खेल नहुने भने घोषणा गरेका छैनन् । अहिले मुलपानीमा पिच र ३० यार्ड पुरै कभरले ढाकिएको छ । म्याच रेफ्रीले केहि समयमा खेल नहुने औपचारिकता घोषणा गर्नेछन् । खेलको कट अफ टाइम २ः १५ रहेको छ ।

यो खेलमा नेपालले अंक बाँड्दा पनि सेमिफाइनलमा भने पुग्नेछ । एक अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक हुनेछ । अन्तिम खेलमा नेपाल कतारसँग पराजित भएमा पनि सेमिफाइनलमा पुग्ने पक्का हुनेछ ।

आजको खेलमा साउदी र नेपालले अंक बाँड्दा समूह ए बाट कतार र मलेसिया बाहिरिनेछन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । आजको खेलमा अंक बाँड्दा साउदी र ओमानबीचको खेल क्वाटरफाइनल सरह हुनेछ ।

यस खेलमा नेपाल विजयी हुँदा पाँच अंक हुनेछ । अन्तिम खेलमा नेपाल पराजित भएमा पनि समूह ए को शीर्ष दुईमा रहनेछ । त्यसैले आजको खेल नहुँदा पनि नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको हो । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ । समूह ए मा ओमान र साउदीबीचको खेल क्वाटरफाइनल सरह हुनेछ । विजेता टोली सेमिफाइनलमा पुग्नेछ । यदि अंक बाँडेमा भने ओमान सेमिफाइनलमा पुग्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.