default_image

3 years ago

April 24, 2023

नेपालसँगको खेल रद्द हुँदा साउदीलाई फाइदै फाइदा

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा घरेलु टोली नेपालसँग वर्षाको कारण खेल रद्द भएपछि एक एक अंक बाँड्दा साउदी अरेबियालाई फाइदै फाइदा पुगेकोछ । सोमबार लगातार वर्षाको कारण माथिल्लो मुलपानी मैदानमा नेपालसँगको खेल हुन नसकेपछि साउदीको सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनेको छ।

साउदी ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ तेस्रो स्थानमा छ । साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा कतारलाई ७ विकेटले हराएको थियो । साउदी आजको खेलमा नेपालसँग पराजित भएको भए सेमिफाइनल खेल्ने सम्भावना निकै कठिन बन्ने थियो । तर नेपालसँग अंक बाँडेपछि सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनेको छ ।

साउदीले अन्तिम खेलमा बुधबार ओमानसँग खेल्नेछ । यदि उक्त खेलमा साउदी विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा वा अंक बाँडेमा भने ओमान सेमिफाइनलमा पुग्नेछ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी र ओमानबीचको खेल क्वाटरफाइनल सरह हुने भएको छ।

यदि साउदी आजको खेलमा पराजित भएको भए अन्तिम खेलमा विजयी हुँदैमा सेमिफाइनलमा पुग्न सक्दैन थियो । मलेसिया र कतारको नतिजासँगै ओमानको नेटरनरेटमा पनि भर पर्नुपर्ने हुन्थ्यो । तर अंक बाँडेपछि अन्तिम खेलमा जित निकाल्न सके सेमिफाइनलमा यात्रा पुग्ने पर्याप्त बनेको हो ।

पहिलो पटक एसिया कप क्वालिफायर खेलेको साउदी नेपालमा उपाधि जित्न नेपाल आएको बताएको छ । कतारलाई ७ विकेटले हराएपछि साउदीका कप्तान हिशाम शेखले आफ्नो टोलीको लक्ष्य उपाधि जित्नेसहित नेपाल आएको बताएका थिए । नेपालसँग अंक बाँडेपछि त्यो सम्भावना कायमै रहेको छ ।

समूह ए मा नेपाल ३ खेलमा ५ अंकका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । कतार र मलेसिया सेमिफाइनल दौडबाट बाहिरिएका छन् । उता समूह बी मा हङकङ ३ खेलमा ५ अंकका साथ सेमिफाइनल नजिक छ । समूह बी मा हङकङ शीर्ष स्थानमा छ । हङकङले अन्तिम खेल बिहीबार कुवेतसँग खेल्नेछ ।

युएई ३ खेलमा २ मा जित र १ खेलमा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ । युएईले अन्तिम खेल बहराइनसँग बुधबार खेल्नेछ । सेमिफाइनलमा स्थान बनाउन युएईले उक्त खेल जित्नैपर्ने हुन्छ । बहराइन ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ तेस्रो स्थानमा छ ।

कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ । कुवेत सेमिफाइनलमा पुग्न मंगलबार सिंगापुर र बिहीबार हङकङ दुबैलाई हराउनु पर्ने हुन्छ । सिंगापुर भने सुरुवाती तीन खेलमा पराजितका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेता खेल्नेछन् । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउँछन् ।

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.